२०८० चैत्र ५, साेमबार

बर्दिया । युक्रेनले रुसी सेनामा भर्ती भएका राजापुर नगरपालिका–१ बर्दियाका विवेक खत्री सहित ८ युद्धबन्दी सार्वजनिक गरेको छ ।

सुवेदीसँगै राजापुर नगरपालिका–१ बर्दियाका विवेक खत्री, चितवनका सुजन सुवेदी, मण्डनदेउपुर नगरपालिका–६ काभ्रेका सिद्धार्थ ढकाल, लेटाङ–२ मोरङका विकास राई, दाङका प्रतिक पुन र गोरखाका ईश्वर लामिछाने युक्रेनले बन्दी बनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सार्वजनिक गरिएका बन्दीहरु सबैको व्यक्तिगत पहिचान नखोलिएको भए पनि तीनै युवाहरु रहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले ती युवाहरुलाई दोस्रोपटक बयान लिनेक्रममा देखाइएको जनाएका छन् । फोटोमा भने नेपाली जस्ता अनुहारका पाँच युवाहरुमात्र देखिएका छन् ।

 

समाचार संस्था रोयटर्सका अनुसार थुनामा रहेका युद्धबन्दीमध्ये शुक्रबार ५ नेपाली, क्युबा, सोमालिया र सियरा लियोनका एक\एक गरी ८ जनालाई सार्वजनिक गरेको हो । फोटोमा नखुलाइएको तर त्यही समूहमा रहेको भनिएका चितवनका सुवेदी खैरहनी नगरपालिकाका हुन् ।

उनीहरूलाई सार्वजनिक गर्दै युक्रेनी सेनाले रूसी सेनामा भर्ती हुनबाट आफ्ना नागरिकहरूलाई रोक्न आग्रह गरेको छ । पत्रकार सम्मेलनमा युद्धबन्दीहरूलाई बर्दीमा उपस्थित गराइएको थियो । त्यहाँ दुई पङ्क्तिमा उनीहरुलाई राखिएको रोयटर्सले उल्लेख गरेको छ ।

फोटो साभार: बीबीसी अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0