२०८० फागुन ३०,बुधबार

चितवन। नक्कली चुक अमिलाे बिक्री गरेकाे आराेपमा खाद्य प्रविधि तथा नियन्त्रण डिभिजन कार्यालय चितवनले तीनबटा कम्पनी विरुद्ध अदालतमा मुद्दा दायर गरेकाे छ ।

नक्कली चुक बेचेकाे अभियाेग लाग्नेमा खैरहनी १- स्थित पहाडी चुक अमिलाे , रत्जनगर ३ का आचार्य फुड्स र भरतपुर १० मा डिपाे रहेकाे खैरहनी १ का लक्ष्मी चुक अमिलाे रहेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चितवनका अनुसार यी कम्पनीबााट उत्पादन भएकाे चुक अमिलाे काे नमुना परिक्षण हुँदा नक्कली पाईएकाे हाे ।

खाद्य ऐन अनुसार नक्कली खाद्यान्न बिक्री गरेमा ५० हजार रुपयसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0