२०८० चैत्र १, बिहीबार

काठमाडौं । सुनकाे श्रृङखलाबद्ध तस्करीकाे प्रतिवेदन पढेलगत्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड र नेपाल प्रहरी प्रमुख (आईजीपी) बसन्तबहादुर कुँवरसँग कार्वाही बारे छलफल गरेका छन् ।

सुन तस्करीबारे जाँचबुझ गर्न गठन भएकाे आयाेगले आज बिहीबार लामिछानेलाई प्रतिवेदन बुझाए लगतै उनले अध्ययन गरेका थिए ।

`अध्ययन गरे लगत्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने महानिर्देशक बसन्तबहादुर कुँवरलाई मन्त्रालयमै बाेलाएर छलफल गर्नुभएकाे हाे ।´ – मन्त्रालय श्राेतले भन्याे ।

अनुसन्धान प्रकृयाबाट छुटेका र बयान लिन बाकीका सँन्दिग्धहरुकाे बारेमा लगाएत बिषयमा कसरी कार्वाही प्रकृया अघि बढाउने भन्ने विषयमा गृहमन्त्री लामिछानेले प्रधानमन्त्री दाहालसँग रायसहितकाे छलफल चलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0