२०८१ जेष्ठ ३, बिहीबार
चितवन । नेपाल पोल्ट्री महासंघ र इण्डिया पोल्ट्री इक्युमेन्ट एशोसियसनको आयोजनामा यही जेठ १८ गतेदेखि २० गतेसम्म एक्सपो हुने भएकाे छ ।
भरतपुरस्थित औधोगिक प्रर्दशनी केन्द्रमा हुने एक्सपोमा पन्ध्र देशका बिज्ञान प्रविधि तथा बिज्ञहरुको उपस्थिति रहनेछ । एक्सपोमा विदेशी प्रविधि र स्वदेशी प्रविधिका बिषयमा बिज्ञहरुलाई बोलाएर पाठशाला संचालन गरिने नेपाल पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।
तीन दिनसम्म संचालन हुने एक्सपोमा दुई सयको हाराहारीमा स्टल रहने नेपाल कुखुरा व्यवसायी मन्चका अध्यक्ष रघुनाथ भट्टले जानकारी दिनुभयो । पन्ध्र देशका दश हजारले एक्सपो अवलोकन गर्ने अनुमान गरिएको छ ।
चितवनमा २०५२ सालमा पहिलोपटक पोल्ट्री एक्सपो गरिएको थियो । त्यसपछि यहाँ पोल्ट्री क्षेत्र विस्तार हुँदै क्रमशः फड्को मार्न सफल भएको थियो ।