२०८१ जेष्ठ ३, बिहीबार

चितवन । भाेली शुक्रबार शैक्षिक परामर्शदाता सँस्था राइटपाथ करियर काउन्सिलिङ चितवनले ग्राण्ड एजुकेसन कन्क्लेभ गर्ने भएकाे छ ।

लायन्सचाेकस्थित आफ्नै कार्यालयमा हुने कन्क्लेभमा २० भन्दा धेरै विश्वविद्यालयका प्रतिनिधिलाई विद्यार्थीहरुले एउटै छानामुनि भेट्न पाउनेछन् । युनिभरसिटीका प्रतिनिधिबाटै विद्यार्थीले चाहेजति जानकारी लिन पाउने भएकाले कन्क्लेभको आयोजना गरिएको प्रबन्ध निर्देशक सुरज पौडेलले  बताउँछन् । यस कार्यक्रमले विद्यार्थीको रिसर्चमा समेत मद्धत पुग्ने विश्वास लिइएको छ ।

कन्क्लेभमा एप्लिकेशन प्रोसेसिङमा सतप्रतिशत अफर, फिल्मको निःशुल्क टिकट र आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरिएको राइटपाथ करियर काउन्सिलिङ चितवनका प्रबन्ध निर्देशक  पौडेलले जानकारी दिए । अमेरिका, क्यानडा, युके र अष्ट्रेलिया लगायतका विभिन्न विश्वविद्यालयहरुको आकर्षक छात्रवृत्तिको व्यवस्थाका साथै छ हजार रुपैयाँ लाग्ने आईएलटिएस परीक्षा दुई हजार ८१ रुपैयाँमै गरिने  पौडेलले बताए ।

कन्क्लेभमा राइटपाथकी ब्राण्ड एम्बेस्टर मिस नेपाल २०१६ अस्मी श्रेष्ठ र गायिका अञ्जु पन्त समेत सहभागी हुने बताइएको छ।

कार्यक्रममा विद्यार्थी र अभिभावकहरुले उनीहरुसँग भलाकुसारी पनि गर्न पाउने छन् । राइटपाथको एजुकेशन कन्क्लेभ आज हेटौंडामा हुँदै छ । यसअघि वैशाख २९ गते काठमाडौंँबाट सुरु भएको कन्क्लेभ धनकुटामा पनि सम्पन्न भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0