२०८१ जेष्ठ ३, बिहीबार

जननेता मदन भण्डारी तथा जीवराज आश्रितकाे सम्झनामा ३१ अैाँ स्मृति सभा दासढुङ्गामा सम्पन्न भएकाे छ ।

३० वर्ष अघि साेहि स्थानमा भएकाे जीप दुर्घटनामा मृत्यु भएका नेताहरुकाे सम्मानमा स्मृति सभा सम्पन्न गरिएको नेकपा एमालेका अध्यक्ष रामप्रसाद न्याैपानेले जानकारी दिनुभयाे ।

नेकपा एमाले चितवनले आज भण्डारी र आश्रितकाे दुर्घटना भएकाे ठाउँ चितवनकाे दासढुंगामा स्मृति सभाकाे आयाेजना गरेकाे हाे ।

दासढुंगामा मदन आश्रित स्मृति पार्क बनाइएकाे छ ।

तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो। सोही दिनको स्मरणमा एमालेले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ।

विश्व कम्युनिस्ट आन्दोलनलाई नै नयाँ दिशा निर्देश दिनेगरि मदन भण्डारीले नेपालमा बहुदलीय प्रतिस्पर्धाबाट राज्यसत्तामा पहुँच हुनेगरि `जनताको बहुदलीय जनवाद ´ काे शैद्धान्तिक दर्शनकाे उत्पादन गर्नुभएको थियाे अहिले साेहि विचार दर्शनबाट नेपालका बामपंथीहरु हिड्ने काेशिसमा रहेकाे जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0