२०८१ जेष्ठ ४, शुक्रबार

जनताकाे प्रतिनिधि र सँसद यतिखेर केमा व्यस्त छ , जनताले नजिकबाट  हेरिरहेका छन् ।

सचेत जनतालाई सत्ता पक्ष र प्रतिपक्षले देश र दुनियाँका लागि देखाएको छाडापनकाे समेत हेक्का छ । पार्टीका नेतालाई गज्जव गरिरहेका छाैँ´ भन्ने भान परेपनि दुनियाँलाई थाहा छ बेठिक गरिरहेका छन्।´

माथिका नेताकाे सिकाे विचका नेताले पनि कुर्सी भाँचेर देखाएसकेका छन् । जनतका सरकार भनेर चिनिने स्थानीय पालिकामा भने माथिका नेताकाे सिकाे पस्नुहुन्न भन्ने जनचाहना छ ।

यतिखेर सहकारी  प्रकरणका विषयमा रवि जी माथि नेपाली काँग्रेस विग्नै खनिएको पनि जनताले नहेरेकाे विषय भएन । रवि जी माननीय र गृहमन्त्री पनि हुन् । उनले मैले बाेल्नु पाउनुपर्छ भनेकाे बिषय ठिक वा बेठीक के हाे भन्ने पहुँचमा जनता पुगिसकेकाे देखिदैन । अैपचारिक रुपमा बाेलेकाे नसुनिनु ठिकै हाे ।

जनता सहकारीकाे नाममा ठगिएका छन् । याे ठगाइमा राज्यको निकम्मापन पनि जाेडिएकाे छ भन्न कुनै आइतबार कुरिरहन पर्दैन ।

यदि राज्यका नियमनकारीले प्रभावकारी भुमिका  खेलिदिएकाे भए जनता कम ठगीने थिए । जनताकाे तहले बुझ्न नसकेकाे एउटा गज्जवकाे कुरा ` छानबिन , अनुसन्धान , नियमन र कार्वाही गर्ने राज्यकाे कुनै अर्काे निकाए नै नभएर जनताका प्रतिनिधि ससदमा याे हदसम्म जानुपरेकाे हाे भने सबै भ्रष्टाचारका फाईलमा किन सँसद तातेकाे जनताले चाल नपाएका ।´

रविजी कार्वाहीका भागेदार हुन् या सफाइयाेग्य पात्र –  जनतालाई कम चासाे भएपनि राज्यले जनतालाई न्यायदिने अर्काे बाटाे नपहिल्याएकाे वा बाटैनभएकाे हाे जसरी प्रस्तुतहुनु थप निकम्मापन भने प्रष्टै देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0