२०८१ जेष्ठ १,मँगलबार
बर्दिया सम्वाददता
बर्दिया । दुना टपरी बनाउने तालिमले महिलामा स्वराेजगार बन्न अभिप्रेरित गर्ने बढैयाताल गाउँपालिकाका प्रशासकीय प्रमुख अर्जुन सुवेदीले बताएका छन् ।
पालिकाकाे लघु उद्यम विकास कार्यक्रमअन्तर्गत वडा नम्बर ९ मा महिलाहरुका लागि सञ्चालित दुना टपरी बनाउने ५ दिने कार्यक्रमकाे समापनका अवसर साे बताएका हुन् । ` यस्ता कार्यक्रमले महिलालाई स्वराेजगर बन्न प्रेरित गर्दै आय आर्जना टेवा दिने विश्वास लिइरहेको छ ।´ प्रमुख प्रशासक सुवेदीले भने ।
ग्रामीण भेगका महिलाहरुकाे क्षमतालाई शीपमा परिवर्तन गर्दै सम्भाव्य आम्दानीका वाटाे पहिलाउन सकुन् भन्ने उद्देश्यका साथ तालिम आयाेजना गरिएकोले सिकेका शीपलाई आम्दानीमा परिणत गर्न समेत प्रमुख सुवेदीले सुझाएका छन् ।
वडाका २५ जना महिला सहभागी साे तालिमकाे समापनका अवसरमा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले घरगाउँ छेउछाउमै पाइने पातहरुबाट सजिल्यैसँग निर्माण गर्न सकिने दुना टपरीकाे स्थानीय बजारमै खपत गर्नसकिने भएकाले याे आयआर्जनका साथै वातावरणीय दृष्टिकोणले समेत महत्त्वपूर्ण भएकाले शीपलाई व्यवहारमा उतार्न अनुराेध गरे ।
तालिम जेष्ठ २७ गतेबाट शुरु भै ३१ गतेसम्म सञ्चालन गरिएको थियाे ।