२०८१ जेष्ठ २, बुधबार

काठमाडौ । उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालकाे इजलासले सन्दिपलाई निर्दाेष ठहर गरेपछि उनलाई टि – २० खेलमा सहभागी गराउन बाटाे खुलेको छ । उनलाई खेलाउनका लागि क्यानकाे आकस्मिक बैठक बसिरहेकाे छ ।

आइसीसीले आगामि मे २५ तारिख भित्रमा खेलाडी परिवर्तन गर्न पाउने नियम बनाएको छ । अब क्यानले सन्दीपको निलम्बन फुकुवा गर्दै यसअघि घोषणा गरिएको खेलाडी सूचीमा परिवर्तन गरेर सन्दीपलाई राख्ने छ ।

जिल्ला अदालत काठमाडौँले दोषी ठहर्‍याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेको थियो ।

सन्दीपलाई विश्वकप टोलीमा समावेश गर्नेबारे क्यानले आज नै बोर्डको बैठक बस्न लागेको हो ।

बैठकले सन्दीपलाई टी–२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने/नगराउने विषयमा निर्णय गर्ने बताएको हो । संघका केन्द्रीय सदस्य दुर्गा पाठकले भने, ‘यो विषय हाम्रो प्राथमिकतामा नै थियो । हामी आज नै बोर्ड बैठक राख्छौँ । साँझसम्म यसबारे निर्णय गर्छौँ ।’

 नेपाली टोली अहिले तयारी स्वरुप वेष्टइण्डिजमा स्थानीय टिमसंग अभ्यास खेल खेल्दैछ ।

बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले समर्थकसामु अझै देशलाई अगाडि बढाउने प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0