२०८१ बैशाख ३,बिहीबार

चितवन । गएराति पूर्वी चितवनमा अज्ञात समुहले किसानले लगाएकाे ५ सय भन्दाबढी केराकाे बाेट काटेर नष्ट गरेका छन् ।

रत्ननगर १२ का किसान कृष्ण रेग्मीले लगाएकाे खैरहनी ३ पर्सा नजिकैको फर्ममा रातिको समयमा केराका बाेट काटिएका हुन्।

२ लाख ५० हजार भन्दाबढिकाे केरा नष्ट भएकाे केरा उत्पादक सँघ चितवनका महासचिव जनकराज पन्तले जानकारी दिनुभयाे । गत वर्ष ८ विगनहामा लगाइएको कृराकाे साे फर्ममा सुनियोजित रुपमा केरा नष्ट गरिएकाे पन्त बताउनुहुन्छ ।

घटनाकाे घाेर भ्रत्सना गर्दै चितवन केरा उत्पादक सँघले विज्ञप्ति जारी गरेकाे छ ।

सँघका अध्यक्ष माधवप्रसाद घिमिरे द्वारा हस्ताक्षरित विज्ञप्तिमा घटना प्रति खेद व्यक्त गर्दै दाेषी उपर कडा कार्वाहीकाे माग र क्षतिपूर्तिको व्यवस्थाका लागि ध्यानाकर्षण गराइएको छ।

यस्ता जघन्य कार्यमा सँलग्न व्यक्ति वा समुहलाई हदैसम्मको कार्वाही नभएकाले नै घटना पटकपटक हुने गरेकाे अध्यक्ष घिमिरे बताउनु हुन्छ ।

सँघले पेशा प्रतिकाे सम्मान र शुरक्षाका लागि तत्काल दाेषी पत्तालगाई कार्वाही गर्न र पिडित किसानलाई उचित क्षतिपूर्तिकाे लागि माग गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0