२०८१ जेष्ठ ४ शुक्रबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जेष्ठ ७ गते पुन: विश्वासकाे मतकाे कसीमा नापिने हुनुभएको छ।

जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएकाे र उसले समर्थन समेत फिर्ता लिइसकेको अवस्थामा प्रधानमन्त्रीले आफुसँग प्रयाप्त मत छ भन्न विश्वासको मत द लिन लाग्नुभएकाे हाे ।

सत्तामा रहिरहन समर्थनमा रहेकाे सत्ता साझेदार दलले समर्थन फिर्ता लिएकाे ३० दिन भित्र पुनः विश्वासको मत लिनुपर्ने सँवैधानिक व्यवस्था छ। ` सँघीय सँसदका महासचिव पद्मप्रसाद पाण्डेसँग बिहीबार नै छलफल गरेपस्चात प्रधानमन्त्रीले जेष्ठ ७ गतेका लागि कार्यसूची तय गर्न सँघीय सँसदकाे सचिवालयमा पत्र लेखिसकिएकाे छ ।´ – श्राेतले जानकारी दिए ।

२०७९ पुस १० गते प्रधानमन्त्री बन्नुभएका दाहालले यस अघि नै तीन पटक विश्वासको मत लिइसक्नुभएकाे छ ।

सरकारमा बहुमत दर्जगर्न कम्तिमा पनि १ सय ३८ साँसदकाे समर्थन अनिवार्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0