२०८० फागुन २७, आइतबार

दुर्लब पाेख्रेल

यतिबेला देश थामेका शेषनागले काँध फेरेकाले भुकम्प आएको छ ।

हुनत यस काँध फेराईले जुनस्तरको भुकम्प जाला भन्ने अनुमान गरिएको थियो त्याे अनुसारकाे रेक्टर भने चलेन ।  पराकम्प आगामी केहिदिनसम्म चल्ने देखिन्छ ।

केही बिज्ञहरुलाई आधार मान्ने हो भने केही समय यस भुकम्पको पराकम्पहरु आईरहने र पराकम्पको झट्का हालको भन्दा केहि ठुलो हुन सक्ने बुझिएको  छ।

झड्कामा अव्यस्त नेपाली जनताले यसपालीको कम्पलाई त्यतिबिघ्न वास्ता गरेनन् , जति उनीहरु चाहन्थे। हाल उत्तरको चुम्बकीय शक्ति बढेर  काँध फेरेर दक्षिणबाट उत्तर गएपनि आकासीय शक्ति दक्षिणतिर थपिनेहुदा त्यतिखेर शेष नागकै काधमा बागडाेर रहने नरहने निश्चित भने देखिदैन।

देशको यो परिस्थितिलाई नेपाली जनताले नियति खेल मानेपनि  बारम्बार को काध फेर्नी खेलले समस्यामा पर्ने भनेको  नेपाली जनता हो भन्नेमा सन्देह छैन ।

देशको आर्थिक, सामाजिक अवस्था हरदिन खस्किदै गएको छ तथ्यले देखाउँछ । हाम्रा देशका नेता देश र जनतापट्टी भन्दा सत्ताकै नशामा लिप्त छन भन्ने देश र दुनियाँलाई अवगत छ । तर यो आजको समस्या भने हाेईन । जनताले ७ साल देखिनै यही नियती भोग्दै आएका छाै। नेपाली जनताले यो नियतीबाट उम्कने प्रयास गरेका भएपनि चक्रकाे घुमाई भने उस्तै छ।

बेलाबेला आफ्नो मत बदलेकै छन तर दुखको कुरा के भने घुम्दै फिर्दै रुम्झाटार भने जस्तो तल जनताकाे बदलेको मत जम्मा पारेर माथी उहीँ ढोक्सामा हाल्ने गरिएको छ। जनतासँग आउदा पुराना, भ्रष्ट, परिवारवाद भन्दै जति चर्को भुकेपनि सत्ताकाे हड्डीको कुराआउछ रेविजे को र्याल बगाईहाल्छन ।

बारम्बार यस्तो किन भई रहन्छ ? यस्तो परिस्थिति उत्पन्न हुनको कारक को हुन? व्यक्तिमा समस्या छ कि, व्यवस्थामै समस्या हो कि ? नीति विधि को कुरा हो कि ? हाम्रो बारम्बार को नियतीको कारक के हो नेपाली जनताले खोज्नुपर्ने बेला आएको छ।

हिजो नेपाली जनताको नियतीको कारक निरंकुश व्यवस्था ठानिन्थ्याे । झट्टहेर्दा त्यस्ताे पनि देखिन्थ्यो । गाउँ गाउमा सामन्तहरुले राज गर्थे । न्याय निसाफ तिनै सामन्त हरुले गर्थे । उनीहरुले गर्ने निर्णय उनीहरुकै हितमा हुने हुदा जनता सधै रैतिकै जुनी बिताउन बाध्य थिय। सधै तिनै सामन्तहरुलाई  जुम्लेहात गर्नपर्ने परिस्थिति थियो। जनताबाट कुत उठाइन्थो र राजाको पाउमा चढाई जनता यस व्यवस्थामा खुसी रहेको कुरा राजालाई सुनाइन्थ्यो। राजा  सामन्तले चढाएको भेटी मा खुसी हुन्थे र सामन्तकै कुरामा मख्ख पनी । राजा र जनता को बिचमा सामन्त पर्खाल बनेर बसेका थिए। न त राजाले जनताको अवस्था बुझ्न पाउथे नत जनताले आफ्नो समस्या राजालाई सुनाउन पाउथे । भन्दा राजाले शासन चलाउथे, यथार्थमा सामन्तहरुले नै राज गरिरहेका थिए। मद को मातमा लठ्ठिने, सुरा सुन्दरी को रासलिलामा रमाउने, भक्ति भावको परम्परामालाई शासन ठान्ने राजाहरुको कमजोरी बुझेका सामन्तहरुले त्यसको फाइदा उठाउदै शासन गरेकाले जनतालाई व्यवस्था प्रति नै वितृष्णा पैदा हुन जादा निशानामा राजा पर्न गए ।

२००७ साल देखि २०४६ सालसम्म र २०४७ साल देखि २०८० साल सम्मको परिस्थिति लाई तुलना गर्ने हो भने राजाले मिलाएको शक्ति सन्तुलन, उनले अपनाएको परराष्ट्र नीति, उनले सुरुगेको औधोगिककरण, बिकासका पुर्वधारहरुको निर्माणकोसुरुवात तत्कालिन स्रोत साधन को उपलव्धता लाई हेरेर भन्ने हो भने  राजा देश र जनताप्रति साच्चै उदासिन नै थिए कि गुमराहमा परे , समाज फेरि किन घाेत्लिन थाल्दैछ । राजाकै सन्तानहरु मात्रै राजा हुने परम्परामा सँधै असल नेतृत्व चयन नहुने कुरा त राजाहरुकै इतिहासले देखाउने हुँदा व्यवस्था बदल्ने कुरालाई पनि अन्यथा भन्न नसकेकै कारण समाज यहाँसम्म आएकाे हाे । तर दुख को कुरा के भने भन्नका लागि व्यवस्था फेरिए अवस्था भने फेरिन नसकेकाे सत्य हाे ।

२०४६ साल पछि पनि हाम्रो देशमा ३ वटा नीतिहरुले राजगरे ।” प्रजातान्त्रिक समाजवाद” ” जनताको बहुदलीय जनवाद” र ” २१औं सताव्दिको नाैलोजनवाद” तर हिजो र आजमा के फरक रह्यो त?

हिजोकाे निरंकुश व्यवस्थामा सायदै कुनै एक व्यक्तिले आफ्नै संरचना भित्र पनि २० वर्ष भन्दा बढी नेतृत्व गरेहोला  तर आजको व्यवस्थामा ५०औं वर्ष देखि एउटै व्यक्ति ले नेतृत्व गरिरहेको छ । कुन व्यवस्था निरंकुश होला त? तिनै नेताका श्रीमतीहरुलाई महारानी बनाईएको छ भने तिनै का छोरा, छोरीलाई  युवराज घोषणा गरिएको छ। राजा व्यवस्थामा त मन्त्रीहरु विभिन्न क्षेत्र र समुदायका सामन्त हरु खोजेर त ल्याइन्थो आज त त्यति टाढापनि जान परेको छैन । सकेसम्म श्रीमती , श्रीमती नभए भाई, छोरो, छोरो नभए बुहारी, बुहारीको पालो पुगे  ज्वाइँ, सम्धी , बाहारवाली टाढा जानपरो भने झड्केलो छोरो यति भित्रका मात्र बारम्बार शक्तीमा किन पुगिरहेछन ? के यस्तै बुझेपछि जनताकाे नाक खुम्च्याई बढेकाे हाे त ? याे नै आजकाे यक्ष प्रश्न हाे ।

नेपाली जनतालाई नीति, वाद  को कुरा गरेर झु्क्काईएको छ । नीति, वाद कै कुरा गर्ने हो भने अहिले हाम्रो देशमा ३ + १ वाद को कुरा गरिएको छ। तीन वटा माथि भनिएको छ भने  तीन वटैको कक्टेल नयाँ आएको छ बुर्जुवा समाजबाद ।   देशको संरचना यस्तो बनाईएको छ कि सबै बादहरुले एकैपटक शासन गर्न सक्छन।

एकै छिन चितवन जिल्लालाई हेराैं भरतपुर यतिखेर एक्काइसौं सताब्दीको नैलो जनवाद शासनकाे नेतृत्वमा छ । खैरहनी, रत्ननगर नगरपालिकामा प्रजातान्त्रिक समाजवादकाे नेतृत्व । माडिमा भने जनताको बहुदलीय जनवाद ले शासन गरेको छ। यी तीनवटा बादले शासन गरेको  तीन ठाउँको कार्य शैलीमा कसैले फरक छुट्टाउन सक्दैन। भरतपुर को सामर्थ्य ठुलो छ उसले सबैखाले प्रवृत्तिलाई धेरै नै पाल्न सकेको होला । तिनैका मुखारबिन्दबाट भजन गाएर रमाउने बाहेक हिजोका महाराजा र आजका काे कार्यशैलीमा केही फरक मे छ भन्न सजिलाे भने छैन ।

कुरा भरतपुरको मात्र हैन अन्यको पनि उहीँ हो। धुपैरे पाल्न सक्ने सामर्थ्य कम होला जसले गर्दा भजनमन्डली सानो होला तर शैली उहीँ हो। यी सबै बादको नेता भनेको दलाल पुजिबाद नै हो ।

बोडिङ स्कुलले ले शिक्षाको नाममा लुटतन्त्र मंच्चाईरहेका छन भन्ने धेरैलाई लाग्ने गरेकाे खबर छरपस्टिएका छन् । । प्रत्यक वर्ष पाठ्यक्रममा तल को माथी र अगाडीको  पछाडी पारेर अभिभावकलाई व्ययभार थपेका प्रष्ट छ । छापाखानाबाट कमिसन उठाउछन् भनिन्छ , त्याे भित्री कथाबस्तु हाेला । प्रत्येक बर्ष ड्रेस फेर्छन र फलानो ठाउबाट किन्नु भन्दै कपडा व्यापारीसँग कमिसन उठाउँछन् भन्ने बुझिन्छ । कुरा बुझेर धनगडीले निस्चित वर्षसम्म पाठ्यक्रम बदल्न नपाउने बनाएको छ। इटहरी नगरपालिकाले बोडिङ स्कुलले पनि सरकारी स्कुल सरह को पोसाक बनाउनपर्ने निर्णय गरेको छ।

एक्काइसौं सताब्दीको जनवादको  आँखा कता छ त ?

आफ्नै अगाडीका यस्ता सामान्य कुरापनि देख्न छाेडिसकेकाे छ जनवादकाे यात्राले । समाजको विश्वास बुर्जुवा समाजबाद प्रती बढ्दै गैरहेकाे छ ।

नेपाली सामजमा एउटा उखान छ – “पोईलाजाने आईमाईलाई अर्काकै पोइ राम्रो लाग्छ”। असल मानिसले  आफ्नो बूढो बुढी नराम्रो परेपनि सिङगारेर, सुधारेर राम्रो बनाउने कोसिस गर्छ । तर चरित्रहिन अर्को खोज्न दगुरी हाल्छ। कति दगुर्ने ? कतिवटा फेर्ने ? राजनीति पनि यहि बाटाेमा त जादैछैन ।

हिजो राणा देखि फेर्दै हिडेर आज काहासम्म पुग्यौं ? ताबाबाट उम्केर भुम्म्रोमा कतै जादैछैनाैँ? आज कसै कसैले  भन्दै हिडेको सुन्न पाइन्छ पैलेकै ठिक रहेछ !! भने कसैको चरित्र चाई जाे सित मिसायाे उहीँसँग ठिक । यो हाम्रो समाजको चरित्र नेपाली नेताले राम्रोसँग बुझेका छन । त्यसैले त व्यवस्था नै उहीँ प्रकारको बनाएका छन। दल जुनसुकै ठुलो सानो होस तर सिमित व्यक्तीभन्दा बाहिर सत्ता नजावस।  नेपाली समाज दगुर्ने ठाउँ सिमित छ र जस्कोमा पुगेपनी चरित्र उस्तै छ जसले गर्दा जनता जता दगुरेनी घुमी फिरी पालो यही सिमीतता भित्रनै आउने हो।

अहिलेका सबै दलले आफ्नो दलकाई कार्यकर्ता मा आधारीत बनाएका छन । जसले गर्दा नेताले जतिसुकै बैमानी गरोस कार्यकर्ताले ढाक्ने गरेका छन । जसले गर्दा नेता दिन दिनै अनैतिकर सत्ताखोर बन्दै गएका छन ।

दल भित्रपनि यस्तो सिन्डिकेट खडा गरेका छन यिनले चाहेको भन्दा अरु व्यक्ति त कार्यकर्तापनि बन्न पनी पाउदैन। हर अनैतिकतालाई ढाकछोप मा लाग्ने कार्यकर्ता बनाउन सकेकाले नेताहरु सत्ता खोरीमा लाग्न छुट मिलेको छ। चुनावमा दुई सिट जिते पछी सत्ताको हकदार ठान्छ ४ सिट जितेको छैन प्रधानमन्त्री को लाई ताक्छ तो भन्दा माथिकाकोत कुरै भएक मानै कि उनिहरुलाई जनताले सत्ताकै खेल खेल्न जनताले चुनाब जिताएका हुन। यदी नेपाली जनताले स्थिरता सगै सम्बृद्ध खोज्ने हो भने आफु स्थिर हुन जरुरी छ। दल बदलेर सम्बृद्धी खोज्न भन्दा दलीय संरचना बदलेर स्थिरता खोज्न जरुरी छ ।

नेता आधारित पाटी हुदा नेतालाई आफ्नो स्वराज खडागर्न दलाल पुजीपतीहरुको आवस्यकता हुदो रहेछ र तीनै दलालहरुको पैसाले कार्यकर्तालाई बराल्ने र तिनै बहुलठ्ठित कार्यकर्ता को बलमा पाटीमा आफ्नो सिन्डिकेट खडागरी सधै नेता बनीरहने परिपाटी बसेको छ। नेता तथा कार्यकर्तामा आधारित पाटी हरुलाई नीति आधारित पाटीमा बदल्न जरुरी छ। जाड रक्सी र मासुको भरमा मत हाल्ने जनताहरुलाई नितीका आधारमा मतहाल्न सक्ने बनाउन जरुरी छ।

समग्रमा भन्नेहो भने अव पाटीहरु कार्यकर्ता आधारित नभै समाज आधारीत हुन जरुरी छ । जसले गर्दा नेताले कार्यकर्ता पाल्न भष्ट्रचार गर्नपर्ने छैन र नेताको आढमा कार्यकर्ताले भष्ट्रचार गर्न सक्ने छैन्न । नत्र चतना भया … समय कसैकाे प्यावा हाेईन ।

( लेखक पाेख्रेल लामाे समय वैदेशिक राेजगारमा रहि स्वदेश फर्केका अनुभवी पत्रकार हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0