२०८० फागुन २०, आइतबार

त्रिवि शिक्षण अस्पतालमा गरिएको पाेष्टमार्टमका अनुसार छात्रा शालीनकाे मृत्युको कारण ह्याङ्गिङ रहेकाे छ । फरेन्सिक विशेषज्ञहरू डा. गाेपाल चाैधरी ,डा. युगेन डाेल्मा सहितकाे चिकित्सककाे टिमले शालीन शव परीक्षण गरेका हुन् ।

पीडित परिवारले शरीरमा चाेटभएकाे विषय उठाउँदै कर्तब्यज्यान सम्बन्धिमा जाहेरी दिएका छन् । रिपोर्टले भने ठुलाेचाेट नभएकाे बताएको छ । परिवारजनले वलत्कार पछि हत्या भएकाे आशँका गरेपनि पाेष्टमार्टममा सँलग्न चिकित्सकका अनुसार शालीनकाे कन्याजाली ( हाइमेन इन्टयाक्ट ) नच्यातिएकाेले बलत्कार भएकाे पुष्टि नभएकाे भन्ने रहेकाे छ ।

श्राेतका अनुसार – घटनास्थलमा छाडेकाे सुसाइड नाेट फेला परेकाे छ । सुसाइट नाेटमा मलाई सबैले माया गर्नु है ।´ सरी एभ्रिबडी , सरी ममी ड्याड ।´ लेखिएकाे छ ।

घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल छन् । उनीहरू विरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले बताए ।

 गोरखाको अजिरकोट गाउँपालिका–५ मुच्चोक घर भएकी शालिन पछिल्लो समय चितवनको रत्ननगर नगरपालिका–१५ स्थित माधवपुरमा बस्थिन् । शालिन दुई वर्षदेखि सो होस्टलमा बसेर पढ्थिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0