२०८० फागुन २० आइतबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले मुद्दा दर्तागर्न अन्तिम गृहकार्य गरिरहेकै बेला मुख्यसचिव बैकुण्ठप्रसाद अर्याललाई बिदामा बस्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन् । नेपाल दुरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक माेनिटरिङ एण्ड फ्रन्ड कन्ट्रोल सिस्टम ( टेरामक्स ) खरिद देखि नेपाल टेलिकमकाे बिलिङ सिष्टम खरिदमा अबाैँ घाेटालामा सँलग्न रहेकाे बिषयमा उनीमाथि अख्तियारले मुद्दाको अन्तिम तयारीमा जुटिरहेको श्राेतले बताएको अवस्थामा अर्याललाई प्रधानमन्त्रीले बिदाबस्न भनिएकाे हाे ।

बहालवाला स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्वसञ्चार सचिव महेन्द्रमान गुरुङ, मुख्यसचिव तत्कालीन सचिव बैकुण्ठ अर्याल, संघीय मामिला सचिव विनोद सिंह, दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा, निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालसमेत मुछिएको यो प्रकरणमा अख्तियारले बयान लिइसकेको छ।

अवकाश पाउन ३ दिनमात्र बाँकि छँदा आकस्मिक मन्त्रीपरिषदकाे बैठक राखि मुख्यसचिव बनाईएका अर्याल जेष्ठ ३२ काे मन्त्रीपरिषदकाे निर्णयले मुख्यसचिव बनाइएका हुन् । उनलाई मुख्यसचिवमा ल्याउनकै लागि तात्कालिक मुख्यसचिव शँकरदास बैरागीकाे राजजनामा स्वीकृत गरिएको थियाे ।

अख्तियार उच्च स्रोतका अनुसार विजयकुमार रोय, रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र, सन्दीप अधिकारी, सुरेन्द्रलाल हाडा, कैलाश कार्की, मीनप्रसाद अर्याल, दीपेश आचार्य, अर्जुन घिमिरे, सूर्यप्रसाद लामिछाने, धनराज ज्ञवाली, टीकाप्रसाद उप्रेती, चूडामणि चौलागाईं, हेमकुमार श्रेष्ठ, राममणि दुवाडी, टेकनाथ आचार्यलगायतलाई मुद्दाको तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0