२०८० फागुन २०, आइतबार ।

कृष्ण खनाल , चितवन ।

रत्ननगर , चितवन स्थित एकता शिशु निकेतनकाे हाेस्टेलमा मृत फेला परेकी १४ वर्षीया शालीन पाेखरेलकाे न्यायका लागि दवाव वढ्दै गैरहेकाे छ भने सञ्जाल र सडक समेत तरङ्गीत बन्दैछ । उनकै परिवार सहित कतिले त निर्मला हत्याकाण्डसँग जाेड्दै खबरदारी समेत लगाइरहेकाे देखिन्छ । यसैबीच प्रधानमन्त्री प्रचण्डले ` घटनाकाे यथार्थ छानबिन गरी परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिवद्ध छ´ भन्दै शनिबार सामाजिक सञ्जाल मार्फत धारणा राखेका छन् भने नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समेत घटनाको सत्यतथ्य छानबिन र न्यायका लागि अपिल गर्दै सरकारकाे ध्यानाकर्षण गराएका छन् ।

घटनाकाे चाैतर्फि चर्चासँगै चितवन प्रहरीले पनि हालसम्मको अनुसन्धान प्रकृया र गतिविधिका बारेमा जानकारी दिएकाे छ । प्रहरीका अनुसार जानकारी प्राप्त हुनासाथ वरिष्ठ प्रहरी अधिकृतकाे नेतृत्वमा घटनास्थल मुचुल्का , जाहेरीमा ताेकिएका तीन जिम्मेवार पदाधिकारी र सिसिटिभि फुटेजकाे विश्लेषण गरिरएकाे र पाेष्टमार्टमका लागि शव काठमाडौं शिक्षण अस्पतालमा पठाइएकाे र पाेष्टमार्टम रिपोर्ट प्रहरीसम्म आईनसकेकाे जनाएको छ। प्रहरीले घटनाकाे वैज्ञानिक र प्राविधिक विश्लेषण समेतकाे आधारमा तथ्यपरक र वस्तुनिष्ट अनुसन्धान गरि घटनाकाे सबै काेणबाट अनुसन्धान भैरहेकाे जनाएको छ।

फागुन १२ गते झुण्डिएको अवस्थामा बालिका शालीनको शव फेला परेको थियो। परिवारले बलात्कार पछि हत्या गरेको आरोपमा किटानी जाहेरी दिएका छन्। सोही आधारमा प्रहरीले स्कुलका प्रिन्सिपल, सहायक प्रिन्सिपल र वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0