२०८० फागुन १८, शुक्रबार

चितवन । विदेशबाट कच्चापदार्थ ल्याएर नेपालमा सञ्चालन गरिने उद्योग भन्दा नेपालमै पाईने कच्चापदार्थमा आधारित उद्योग व्यवसाय सञ्चालनमा जाेडदिन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले उद्योग व्यवसायीलाई सुझाएका छन् ।

` भरतपुर भ्रमण वर्ष- २०२४´ काे उद्घाटन सभामा भागलिन भरतपुर स्थित नारायणी नदि ,प्रदर्शनी स्थलमा आयाेजित सभामा शुभकामना मन्तव्य दिदै जमरकट्टेलले साे बताएका हुन् ।

उद्योग वाणिज्य महासँघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले सभामा मन्तव्य राख्दै हाल निजीस्तरको मनाेवल खस्किएको र वर्तमान अवस्थामा देशकाे आर्थिक अवस्थालाई कसरी अघिबढाउने भन्ने विषयमा सबै नेता र पार्टी एक हुन भन्दै विदेश जानेक्रम राेक्न स्वदेशमै राेजगारीकाे अवस्था श्रृजना गर्न अनुराेध गरे लगत्तै मुख्यमन्त्री जमरकट्टेले कृषिमा आधारित उद्योग व्यवसाय सञ्चालन गर्ने लगाएत विषयमा एकठाउँमा बसी सराेकारवाल बीच छलफल हुन जरुरी रहेकाे बताएका हुन् ।

भरतपुर भ्रमण वर्षकाे अवसरमा आयाेजित सभामा प्रधानमन्त्री प्रचण्ड सहित पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा वली , माधव नेपाल , पूर्व अध्यक्ष खीलराज रेग्मी लगाएत विशिष्ट पाहुना तथा राजनीतिक प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0