रामलाल कुमाल

२०८० फागुन १० , शुक्रबार कालिका ,चितवन । कालिकामा सम्पन्न नि: शुल्क आँखा शिविरमा ६ सय बढीले आँखा परिक्षण अराएका छन् । आई फाेर क्याम्प चितवन , सपाेर्ट एण्ड केयर पुनःस्थापना केन्द्र रत्ननगर, भरतपुर आँखा अस्पताल र नेपाल नेत्रज्याेती सँघकाे सँयुक्त आयोजनामा सम्पन्न साे शिविरमा चितवनका ६ स्थानमा आयाेजना गरिने मध्यकाे पहिलाे शिविर हाे । कालिका नगरपालिकाकाे वडा नँ.४मा सम्पन्न साे शिविरमा आँखा परिक्षण गरेकामध्य ३ सय ५६ जनालाई चस्मा वितरण गरिएको थियाे भने ४ सय जनाले नि: शुल्क अैाषधि प्राप्त गरेका छन् ।

त्यस्तै ३८ जनालाई मोतियाबिन्दुको शल्यक्रियाका लागि बिहीबार भरतपुर आँखा अस्पताल लगि शल्यक्रियाको प्रकृया मिलाइएको सपोर्ट एन केयरका संयोजक प्रकाश साहले जानकारी दिनुभयो । शिविरमा सबै उमेर समूहका मानिसहरुको आँखा जाँच गरिएको थियो । कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपप्रमुख विमला लामा, कालिका ४ का निवर्तमान वडाध्यक्ष कृष्णलाल श्रेष्ठ, कालिका स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0