२०८० फागुन ९, बुधबार

विहीबार विशेष अदालतले सुनाएको ललिता निवास जग्गा सम्बन्धि फैसलामा धेरैले अदालत प्रति धन्यवाद दिए । कुन न्यायाधीशले यस्ताे देश र जनताको हितमा फैसला गर्याेहाेला भनेर नामशुद्ध खाेजे । ‘ ऐतिहासिक फैसला ‘भने । फैसलाले अक्तियार दुरुपयोग अनुसन्धान आयाेगका पूर्वप्रमुख दीपक बस्यानतलाई नै दाेषी ठहरिए ।

पूर्व सचिव छविराज पन्तपनि दाेषी ठहरिए । उनीहरुसँगै थप ७८ जना थप दाेषी ठहर हुदै कैद तथा जरिवानामा परे ।

जनतासँगै फैसलालाई गृहमन्त्रीले पनि फैसलाप्रति गज्जव माने । उनले भने जस्तै ‘ जालसाजी ,किर्ते र भ्रष्टाचारद्वारा राज्य लुट्ने कार्य र प्रकृयाविरुद्ध विशेष अदालतले सत्य र न्यायकाे पक्षमा ऐतिहासिक फैसला गर्याे ।विशेष अदालत र न्यायाधीशप्रति हार्दिक आभार र धन्यवाद ।’

दुनियाँलाई थाहा छ अरुपनि छन् कुम्याउने भन्नेमा । सत्ता र शक्तिलाई पाेकाे पारेर पर्दा भित्रबाट आदेश दिने थुप्रै अझै भएपनि उनीहरुलाई दाेषीमा दर्जगर्न कि त सत्ता फेरिनुपर्छ कि त शक्ति । दुबै भैहाल्ने नदेखेपछि प्राप्त परिणामलाई जदाेहजुर भन्दा खुशी हुनुपर्छ ।

अब भने ‘ सरकारी र सामुदायिक सम्पत्तिकाे सँरक्षण गर्ने कर्तब्य र जिम्मेवारी स्थानीय सरकारकाे हुने छ ‘ भन्ने दफाहरुकाे कार्यान्वयन गराउनुपर्ने जिम्मेवारी काठमाडौं महानगर प्रमुखबालेन शाहकाे जिम्मामा परेकाे छ । नागरिक भने ललिता क्षेत्र छिट्टै देख्नेगरि सरकारकाे काममा आएकाे हेर्न आतुरछन् ।

महानगर प्रमुखले ‘ तुरुन्त ललिता निवास क्षेत्र ‘ खाली गर्नु भन्ने दिएको आदेश पनि हेरिरहेका भने उनले फैसला कार्यान्वयनका लागि अधिकार प्रयाेग गर्न नपराेस् भन्दै जारी गरेकाे आदेशले थप खुशी तुल्याउनु स्वभाविकै हाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0