२०८० फागुन ६, आइतबार

चितवन । दुग्ध उत्पादक सहकारी सँघ चितवनकाे नेतृत्वमा भरतपुरकाे केन्द्रीय बस टर्मिनल चाेकमा दूध सडकमै पाेखेर किसानले सरकारकाे विरोध गरेका छन् । पछिल्ला समयमा दूध खरिद गरिरहेका सँस्थाहरुले खरिद गर्न आनाकानी गरेपछि विरोध स्वरुप दूध सडकमै पाेखिएकाे हाे । पटकपटक पटकपटक राज्यको ध्यानाकर्षण गराउँदा पनि राज्य बेखवर देखिएपछि दूधै पाेखेर सरकारकाे ध्यानाकर्षण गराउँन बाध्य भएकाे सँघका अध्यक्ष किशाेर नेपालले बताएका छन् ।संघको कार्यालय परिसरमा भेला भएका किसानले नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापासमक्ष ज्ञापनपत्र बुझाएका थिए ।

चितवनमा दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुनेगरेकाे छ भने किसानले बेचेकाे दूधकाे ५२ कराेड भुक्तानी पाउन बाँकी रहेकाे अध्यक्ष बगाले बताउँछन् ।

केहिदिन यता दूध खरिद गरिरहेका डेरी उद्योग हरुले दूध खरिदगर्न आनाकानी गरेका छन् भने दुग्ध विकास आयाेजना लुम्बिनीले सूचना नै निकालेर किसानकाे दूध खरिद गर्न नसकिने जनाएकाे थियाे भने सुजल र चितवन मिल्कले पनि दूध गरिद नगर्ने जनाएको छ । नेपालमा दैनिकजसाे ठूलो परिमाणमा दूध र दुग्धजन्य पदार्थ बाहिरी मुलुकबाट भित्रीने गरेकाे पाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0