२०८० फागुन ३, बिहीबार

चितवन। नेपाल ट्रेड युनियन महाँसँघ ( जिफण्ट ) बागमती प्रदेशकाे शिक्षा विभागमा भरतपुर -११ का गाेबिन्द खनाल मनाेनित भएका छन् ।

प्लम्विङका प्राविधिज्ञ खनाल लामाे समयदेखि साे पेसामा आवद्ध रहि CTEVT वाट लिईने स्तर निर्धारणका लागि क्षमता परिक्षणकाे याेग्यता प्राप्त प्रशिक्षक समेत हुनुहुन्छ । विश्व बैक लगाएत विभिन्न श्राेतबाट नेपालमा सञ्चालन भएका लामा तथा छाेटा प्रकृतिका व्यवसायी तालिमका प्रशिक्षक तथा काेओडिनेटर काे भूमिकामा रहनुभएका खनाल ‘ प्राविधिक धारमा अध्यापन हुने ‘ राईजिङ नेपाल टेक्निकल कलेज , भरतपुरकाे सँचालक समेत हुनुहुन्छ ।

बिजुली , प्लम्बिङ र निर्माणसँग सम्बद्ध मजदुर हरुकाे सँगठन क्यूपेक नेपाल, चितवनकाे अध्यक्ष समेत रहनुभएका खनाललाई  प्रदेश कमिटीको बैठकले शिक्षा विभागमा र लामाे समय यातायात मजदुरकाे क्षेत्रमा अनुभव प्राप्त महानगर अध्यक्ष  दिपक सिलवाललाई प्रदेशकाे  श्रम सम्बन्ध विभाग सदस्यमा मनाेनित हुनुभएको जिफन्ट बागमती प्रदेश अध्यक्षले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
6
+1
0
+1
0
+1
0
+1
0