२०८० माघ २५, बिहीबार

चितवन । तिव्बत शहरसँग भगिनी सम्बन्ध गाँसेकाे भरतपुर महानगरपालिकाले आफ्नै जिल्ला भित्र पनि भगिनी सम्बन्धकाे निकटता कायम गरेकाे छ । आज माघ २५ बाट भरतपुर र माडी भगिनी सम्बन्धमा जाेडिएका हुन् ।

यसाे त माडीबासीहरुकाे मुख्य आईजाई मात्र नभएर सक्ने र पुग्ने धेरैका घरघडेरी भरतपुर महानगर क्षेत्र भित्र रहेका छन् । अधिकाशँका पढाइ समेत रीयू वारि नै भएका छन् । माडी नगर प्रमुख आशाकाजी तारा महताे र भरतपुर महानगर प्रमुख रेणु दाहाल बीच १० बुदे समझदारी पत्रमा हस्ताक्षर गरी अैापचारीक कार्यक्रम द्वारा नै भगिनी सम्बन्ध स्थापना भएको माडी नगर प्रमुख महताेले बताउनुभयो ।

भरतपुरले भ्रमण वर्ष -२०२४ मनाउँदै छ । माडी नगरपालिका र भरतपुरका दक्षिण पश्चिम भेगका समस्या समान प्रकृतिका छन् । राष्ट्रिय निकुञ्ज नै दुवै क्षेत्रका नागरिकको चुनाैति र सम्भावना हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0