२०८० माघ २३, मङ्गलबार

चितवन । पर्यटकीय नगरी साैराहामा यही माघ १८ गतेबाट सुरु भएको सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे २२ गते समापन भएको छ।क्याराभान नेपालकाे आयाेजनामा रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा महाेत्सव भएको थियो भने नजिकैको हलमा चलचित्र स्क्रीनिङ गरिएको थियो ।

नेपाली चलचित्रकाे विकास र साैराहा सहित चितवनकाे पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले अन्तराष्ट्रिय स्तरकाे चलचित्र महाेत्सवकाे आयाेजना गरिएकाे क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पाैडेलले बताउदैयो प्रथम सस्करण भएकोले केही प्राविधिक समस्या आईपरेता पनि आगामी बर्षहरुमा अन्य सँस्करणहरुमा सुधार हुँदै जाने बताउनुभयो ।

कार्यक्रमलाई सफल बनाउन नेपाली चलचित्र कै अभिभावक निर्माता ,निर्देशक तथा अभिनेता नीर शाह,एक्सन सुपरस्टार शिव श्रेष्ठ,वरिष्ठ अभिनेता रविन्द्र खड्का,वरिष्ठ चलचित्रकर्मी/सञ्चारकर्मी प्रकाश सायमी ,चलचित्र बितरक नरेन्द्र महर्जन ,निर्देशक प्रदिप श्रेष्ठ,लगायत १०० बढी रास्ट्रभरबाट चलचित्रकर्मी,सञ्चारकर्मीको सहभागीता भएको थियो।

चर्चित डकुमेन्ट्री मेकर/सम्पादक लव प्याकुरेलको संयोजकत्वमा ४ सदस्य निर्णायक मण्डल रहेको सो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सरिता महर्जन द्वारा निर्मित , साहित्यकार सुरेन्द्र महर्जन बाट लिखित कथानक गीति चलचित्र “भाग्य” ले उच्च सम्मान जुरी अवार्ड प्राप्त गरेको छ। सो चलचित्रका निर्देशक रोशन कुमार श्रेष्ठ हुन्।

त्यसैगरी लक्ष्मण सुवेदी निर्दशित “सतिदेवी” ले उत्कृष्ट चलचित्र,सत्यराज चौलागाईं निर्दशित “बिच्छेद” ले उत्कृष्ट लेखन र छायांकन,दयाहाङ राई अभिनित चलचित्र “नाङो गाउँ”ले उत्कृष्ट सम्पादनको अवार्ड जितिरहदा शिव रेग्मी उत्कृष्ट निर्देशक को अवार्ड भने लक्ष्मण सुबेदीलाई प्रदान गरिएको थियो । उत्कृष्ट डकुमेन्ट्री “म अलप हुन चाहान्छु”,उत्कृष्ट सर्टफिल्मको “स्नो लियोपार्ड”अवार्ड बितरण गरिएको थियो।

कार्यक्रममा चितवनका कलाकर्मी, सञ्चारकर्मी समाजसेवीहरुलाई मायाको चिनो दिएर सम्मान गरिएको थियो। कार्यक्रमको शान्ति गुरुङ पाख्रीन लामाले सञ्चालन गर्नुभएको थियो ।

महोत्सवमा मोफसलका बरिस्ठ चलचित्रकर्मी भिम लामाले निर्देशन गर्नुभएको “लिलामे माईला”,वेलकम टु हेम्जाकोट,”भाग्य “”नाङो गाउँ ” ,”सतिदेवी”,”बिच्छेद”,”प्रकाश” “कृयापुत्री” चलचित्रहरु,वृतचित्र ,लघुचलचित्रहरु प्रदर्शन गरिएको थियो। ४० चलचित्र मध्य २० चलचित्रहरुको प्रदर्शन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0