सर्वसाधारणको लागि कसुरकाे अभियाेगमा समातेपछि प्रहरी हिरासतमा बस्नुपर्ने हुन्छ । हिडाउँदा समेत हतकडी लगाइन्छ ।तर पहुँचवालाल भने न हतकडीमा हुन्छन् न त हिरासतमै । उनीहरुका लागि अस्पतालमा बस्ने सुबिधामा हुन्छन् ।

बाँसबारी छाला- जुत्ता कारखानाकाे १० राेपनी जग्गा हडपेर ‘ चाँदबाग स्कुल ‘ सञ्चालन गरेका अरुण चाैधरीलाई पनि हिरासत बस्न परेकाे छैन न तात्कालिक अध्यक्ष अजितनारायण सिँह हिरासतमा छन् । त्यसाे त पहुँचवालाहरु हिरासतमा नगएर अस्पतालमा दिन कटाउनेहरुकाे लामै लर्काे रहेकाे पाइन्छ ।

गएकाे असार १२ मा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पनि हिरासतकाे सट्टा त्रिवि शिक्षण अस्पतालकाे उपचार कक्षमै दिन बिताए । उनीसँगै पूर्वआयुक्त सुधीरकुमार शाह र मालपोतका हाकिम धर्मप्रसाद गाैतमले पनि अस्पतालमै दिन कटाए । सरकारी कागजात किर्ते र सँगठित अपराध कसुरमा समातिए पनि २ महिनासम्म अस्पतालमै बस्ने व्यवस्थामा चिकित्सक समेतले तालमिलाए ।

त्यतिमात्र नभएर नेपालीलाई भुटानी बनाएर अमेरिका पठाउने काण्डमा समातिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई बस्न डिएसपिकाे कार्यकक्ष नै खाली गराएकाे थियाे भने उनीसँग पक्राउ परेकाकाे सुविधा पनि कम थिएन । त्यतिमात्र नभै बलत्कार आराेपी तात्कालिक सभामुख कृष्णबहादुर महरा पनि नर्भिक अस्पतालमै दिन कटाएका थिए । सिँहदरवार बाटै अस्पताल पुर्याइका थिए महरा ।

चिकित्सकले अलत मनसाय राखेर अस्पताल भर्नाहुने सुविधा दिएकाे प्रमाण सहजै फेला नपरे पनि दुनियाँका अगाडि लाज छाेप्न नपर्ने भएपछि सजिल्यै कपटपूर्ण निर्णय गर्न लजाउनुपर्ने डर कसैलाई छैन । सजिलै विकल्प दिने चिकित्सक पनि जनताकाे नजरमा सम्मानित रहेकैछन् भन्न पछि पर्दैन उसले बनाएकाे समाज ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0