चितवन ।’ भरतपुर भ्रमण वर्ष – २०२४’ काे उद्घाटन फागुन १८मा गर्ने याेजनामा छ महानगर भरतपुर ।उद्घाटनकाे दिन नजिकिएसगै दृश्यावलाेकनका नगर क्षेत्रहरु सिगारीने क्रम बढनउँदैछ , महानगर भरतपुर ।

उद्घाटनकाे अैापचारीक सभा हुने प्रदर्शनी क्षेत्र नारायणी किनारलाई अझ बढि आकर्षक बनाउने याेजना अनुरुप खाल्डाखुल्डी पुर्ने र चाइनिज दुबाे राेपेर हरियाली बनाउन लागिएको छ ।

‘ धुलाे रहित बनाउन कै लागि दुबाे राेप्दै छा‌ँ , । १५ सय स्वायर फिटमा दुबाे राेपिने छ ‘ भरतपुर महानगरका उपसचिव ओमप्रसाद पाण्डेले भने । पाण्डेका अनुसार दुबाे राेपाईमा करिव ९ लाख खर्चहुन सक्ने अनुमान छ । उनी भन्छन् ‘ दुबाे लगाउने काम परिक्षण हाे ।’ यसलाई भने दीर्घकालीन बनाउन सकिनेछैन।

नदी किनारमा हरियाली हुँदा मनै आनन्द हुने , धुलाे पनि नउड्ने रहेछ , नारायणगढमा फ्रिज रेफ्रिजेटर मर्मत गर्ने पेशा गर्नुहुने बसन्त भट्टले भने । दुबाेकाे हरियाली सधै बनाउन सके साझ बिहान परिवारसँगै घुम्न आउनेकाे सँस्या अझै बढ्न सक्छ भन्छन् व्यवसायी भट्ट ।नारायणी नदि छेउमा रहेका खाजाका पसललाई अझ व्यवस्थित गराउनु पर्ने उनकाे धारणा छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0