२०८० माघ २०,शनिबार

भरतपुर, चितवन।शिक्षामा थप गुणस्तर वृद्धि गर्ने उद्धेश्यले भरतपुर महानगरपालिका भित्र ‘ मेयरसँग विद्यार्थी ‘ कार्यक्रम सञ्चालन गरिएकाे महानगर प्रमुख रेणु दाहालले बताउनुभएको छ। भरतपुर-६ स्थित सहिद स्मृति माध्यमिक विद्यालयकाे वर्षिकाेत्सव तथा अभिभावक दिवसकाे अवसरमा आयाेजित कार्यक्रममा मेयर दाहालले साे बताउनुभएकाे हाे ।

महानगरपालिकाले प्राविधिक शिक्षामा जाेड दिएकाे बताउँदै मेयर दाहालले अब विद्यार्थीले घाेकन्ते विद्या भन्दा व्यवहारिक सीप र ज्ञानलाई जाेडदिनुपर्ने बताउँदै विद्यालयमा अध्ययन बाहेक अन्य गतिविधिमा विद्यार्थीलाई अघि बढाउन शुक्रबारका दिनविद्यालयमा अध्ययन बाहेक हाजिरी जवाफ प्रतियोगिता, वक्तित्वकला, सरसफाईलगायतका अन्य गतिविधि गर्न ‘बुक फ्रि’ बनाइएको जानकारी दिनुभयो ।

प्रमुख दाहालले ‘मेयरसँग विद्यार्थी’ कार्यक्रम भरतपुरका सबै विद्यालयमा सञ्चालन हुने पनि स्पष्ट पार्नुभयो । ‘भरतपुर २७ को जानकी माविबाट कार्यक्रमको शुभारम्भ गरेका छौ,उहाँले भन्नुभयो,‘अब क्रमैसँग महानगरका प्रमुख, उपप्रमुख तथा जनप्रतिनिधिहरु विद्यालय पुग्ने तालिका छ । विद्यार्थीका समस्या सुनेर तत्काल समधान खोज्ने काम पनि हुन्छ।’
विद्यार्थीलाई पढाई बाहेक अन्य गतिविधिमा पनि अघि बढाउन विद्यालयस्तरीय मेयर कप क्रिकेट लिग हुन लागेको बताउनुभयो । भरतपुरको खेलकुद विकासका लागि यहाँकै खेलाडीको मुख्य भूमिका हुने भएकाले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादन गर्न यो लिगले महत्वपूर्ण हुने प्रमुख दाहालको भनाइ छ ।

लिगमा भरतपुरका सामुदायिक तथा निजी विद्यालयको २० टिमको सहभागिता रहने छ । ३ महिनासम्म चल्ने लिगले लुकेका प्रतिभालाई उजार्ग गर्ने अपेक्षा लिइएको छ । यही माघ २६ गतेबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल विद्यार्थीका लागि तालिम पनि हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0