२०८० माघ १०, बुधबार

चितवन। भरतपुर खण्डको रेलमार्गकाे रुटकाे अध्ययन गर्न प्रविधिक टाेली चितवन आईपुगेकाे छ । स्थानीयका चर्काे विराेध भएपछि राेकिएकाे अध्ययनलाई निरन्तरता दिन टाेली चितवन आएकाे हाे ।

Banner

रेल विभागका महानिर्देशक राेहितकुमार बिसुराल सहितकाे टाेलीले भरतपुर भित्र पर्ने रुटकाे अध्ययन गर्ने छ भने २८ पुषमा भाैतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वाला काे उपस्थितिमा भरतपुरका सराेकारवालासँग भएकाे रुटकाे विकल्पमा समेत छलफल तथा अध्ययन हुने बताइएको छ ।

अध्ययन गर्ने टोलीले भरतपुरका राजनीतिक दल, विज्ञ, स्थानीय सरोकारवालासँगको समवन्यमा रुटको कार्यलाई अगाडि बढाउने छ । छलफल कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पुराना वैकल्पिक ५ वटा रुटमा रेल मार्ग निर्माण गर्न नसकिने उल्लेख गरिन् ।

भरतपुर महानगरपालिकाको सहरी सौन्र्यकरणलाई बिगार्ने गरी रेल मार्ग निर्माण गर्दा अहिले भइरहेको विकास आयोजनामा ठूलो क्षति पुग्ने मेयर दाहालले बताएकी छन् । १४ वर्षअघि तयार पारिएको योजना प्रतिवेदन भरतपुरमा अहिले कत्ति पनि मेल नखाने भएकाले खाली र जनतालाई क्षति नपुग्ने गरी काम अगाडि बढाउन रेल विभागका कर्मचारीलाई अनुरोध गरिन् ।
कार्यक्रममा उपस्थिति अधिकांश सरोकारवालाले प्रमुख दाहालको भनाइलाई सर्मथन गर्दै नयाँ रुट भरतपुरको लागि अभिशाप होइन बरदान हुने गरी निर्माण गर्नुपर्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0