२०८० माघ १०, बुधबार

मकै, धानपछिकाे मुख्यबाली भएपनि धेरै गाउँबस्तिहरुका जिवनहरुमा प्रधानबालीकाे स्थानमा छ । हाम्रा सनातनी विधि र व्यवहारबाटै उब्जाउँदै आइरहेको मकैबालीलाई अलिकति मिहिनेत र लगानी गरेर भएपनि आम्दानी बढाउने उपाएकाे खाेजी गर्नुपर्ने भएकाे छ । खेतीयोग्य जमिन मासिदै जाने र भएकाे जमिन समेत बाँझिन थालेपछि खेती गरिरहेकाे जमिनमा खेती नबढाउने हाे भने अझै कति मकै बिदेशबाट भित्रने हुन् पत्ताेछैन ।

मकै नेपालका तराई देखि भित्री मधेस , पहाड र हिमाली भू-भागमा समेत फल्दछ । याे हिउँदे मकै लगाउने सिजन हाे पछाैटे धान काटेका तथा ताेरी उखेलीसकेका पाखाे तथा खेतबारीमा मकै लगाउने सिजन आउँदैछ । यतिखेर लगाएकाे मकैले घाेगामै राम्राे भाउ पाउन सकिने हुनाले घामकाे तापक्रम बढ्न शुरु गर्नासाथ मकै लगाउने सिजन शुरुहुन्छ ।

कसरी मकै खेती गर्ने

——————-

सबैभन्दा पहिले मकैकाे बीउ छनाैट गर्नुपर्दछ । स्थान विशेषकाे आधारमा मकैकाे बीउ सिफारिस भएका छन् भने हाईव्रिड ( वर्णशँकर) जातसमेत स्थानीय एग्राेभेटहरुमा पाईन्छ । रामपुर कक्पाेजिट, अरुण, मनाेकामना,मकै पहैलाे जस्ता जात सिफारिस जात हुन् मकैका ।

जमिनको तयारी

—————–

मकैबालीलाई राम्रै मलखाद र सिचाइ आवस्यक पर्नेहुनाले प्रति राेपनी ४०-५० डाेकाे पाकेको कम्पाष्ट मलखाद, २ केजी डिएपी , २ केजी युरिया र १ केजी पाेटास मिसाएर छरी राम्ररी खनजाेत गर्ने ।

बीउकाे राेपाई

————

यदि जमिन सुख्खा छ भने बीउमकैलाई साँझ नै भिजाउने । यसाे गर्दा उम्रन सहज हुन्छ । बीउ राेप्दा बीउ- बीउकाे दूरी १५-२० सेन्टिमिटर र लाईनकाे दूरी ६०-७० सेन्टिमिटर हुनु राम्राे हुन्छ भने ३ सेन्टिमिटर जति गहिराे हुनेगरि पुर्नुपर्दछ ।

गाेडमेत व्यवस्था

————–

मकै राेपेकाे २०- २५ दिनमा गाडमेल गरि झारपात हटाउनु पर्छ । गाेडमेल पछि प्रति विरुवालाई २ ईन्च परबाट ५ ग्राम जति युरिया मल ट्रपड्रेस दिनुपर्दछ । दाेश्राे सिचाइ र ट्रपड्रेस मकैले धानचमरा छाेड्न तयारहुने समयमा दिनुपर्छ र सिचाइ पनि गर्नुपर्छ। बालीलाई जँगली जनावर , बाँदर ,स्यालकाे साथै काग सुगाले समेत खानेहुनाले मकै पल्न थालेपछि हेरचाहमा ध्यान दिनु पर्दछ । अहिले एग्राेभेटहरुमा झारमार्नेे अैाषधि समेत पाईन्छ ।

टुसाहरु जमिनमा देखिना साथ बिरुवा काट्ने किराले च्वाट्ट बिरुवाको बाेट काटिदिने समस्या आउनुका साथै गवाराे किराले गुवाे नै खाईदिने समस्या मकै बालीकाे प्रमुख समस्या हाे भने भित्र्याईका बालीमा घुन पुतली लाग्ने अर्काे समस्या हाे । यसका लागि जमिनमा चिस्यानकाे मात्रा मिलाउनुपर्छ । राेगबाट बिरुवा बचाउन गुवाेमा २/४ दाना फ्युराेडन राख्ने , नियमित निगरानी बढाउनुका साथै मालाथिएन पाउडर वा विज्ञ कृषि प्राविधिकले सिफारिस गरे बमोजिम विषादीको प्रयाेग गर्नुपर्दछ ।

भण्डारण विधि

————-

मकैलाई राम्राेसँग सुक्नेगरि बाेटमै राख्नसके पछिसम्म भण्डारण गर्न सकिन्छ भने थाक्राे बनाएर राख्दा समेत पछिसम्म घुन लाग्न पाउँदैन । बीउकाे लागि राखिने मकै झुत्ता पारेर वा , राम्राेसँग सुकाएर किरा नलाग्ने विषादि जस्तै सल्फास गाेली राखेर भाडाेमा राख्न सकिन्छ।

मकै खाद्यान्नका लागि मात्रै नभएर पशुपँक्षीकाे आहारका लागि ठुलाे मात्रामा प्रयाेग गरिन्छ भने कैयन् यस्ता सामाग्री समेत मकैबाट बन्दछन् । मकैकाे बाेट नै पनि बिक्री हुन्छ भने पशुआहारका लागि साईलेस बनाएर खुवाउन सकिन्छ । हाल नेपालबाट चाईनासम्म मकैकाे दुधिलाे घाेगैसहितकाे बाेट काटेर बनाईएकाे साईलेस चीन बिक्री गरिदैआएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0