Open photo२०८० पुस ३,मँगलबार

चितवन । भरतपुर ११ स्थित बसेनीमा प्रेस चाैतारी नेपालकाे ‘ चाैतारी भवन ‘ बन्दै छ । दाेश्राे तल्ला ढलान सकिएकाे छ भने पहिलाे तल्लाकाे भित्री फिनिसिङ हुँदैछ ।

श्रमजीवी पत्रकारहरुकाे सँगठन ‘प्रेस चाैतारी नेपाल’ काे देशकै पहिलो भवनकाे रुपमा बन्दै गरेकाे भवन निर्माणका लागि विभिन्न व्यक्ति तथा सँघसँस्थाले आर्थिक, नैतिक तथा भाैतिक  सहयाेग गरिरहनुभएकाे चाैतारी चितवनका अध्यक्ष सुवास पण्डितले बताउनुभयो ।स्वदेश मा रहनुभएका मित्रजनका साथै विदेशमा रहनुहुने शुभचिन्तक मीत्रहरुले समेत विभिन्न अवसर पारेर सहयाेग गर्नेक्रम बढिरहेको  पण्डितले जानकारी दिनुभयाे ।

जापानमा रहेर हाेटल व्यवसायमा स्थापित हुनुभएका व्यवसायी यमलाल सापकोटाले  भवन निर्माणका लागि ३० हजार आर्थिक सहयोग गर्नुभएको छ। गैडाकाेटमा ताजमहल एभरेस्ट हाेटल सञ्चालन गर्नुभएका सापकोटाले आज अध्यक्ष पण्डितलाई साे रकमको चेक हस्तान्तरण गर्नुभएकाे हाे ।

पत्रकारहरुकाे सँगठनले चितवनमा भवन बनाउन लागेकाेमा आफुलाई  खुशी लागेकाेले सानै भएपनि सहयाेग गर्ने ईच्छा भएकाे र आजै सँयाेग जुटेकाे व्यवसायी सापकोटाले भन्नुभयाे । ‘ याे सानाे सहयाेग हाे । भाेलीका दिनमा पनि कसरी थप सहयाेग गर्ने भन्नेमा समेत मेराे ध्यान जानेछ ।’ सहयोग हस्तान्तरण पछि सापकोटाले भन्नुभयो ।

चेक हस्तान्तरण कार्यक्रममा अध्यक्षकाे साथमा प्रेस चाैतारी नेपाल बागमती प्रदेश कमिटी सचिवालय सदस्य गाेवि्न्द घिमिरे का साथै सेताेपाटीका चितवन प्रतिनिधि राजेश घिमिरेको समेत उपस्थिति रहेकाे थियाे ।

समाजसेवी केशव कार्की द्वारा सहयाेग प्राप्त बसेनीकाे साे जमिनमा निर्माणधिन भवन करिव १ कराेड ५० लाख खर्चमा पूराहुने अनुमान रहेकाे छ ।

यसैगरि भवन निर्माणका लागि गुञ्जनगर गाउँकमिटीका पूर्व अध्यक्ष स्वर्गीय लिलाबल्लभ सुवेदीको स्मृतिमा छाेरा रामचन्द्र सुवेदीले अध्यक्ष सुवास पण्डितलाई ५ हजार सहयाेग हस्तान्तरण गर्नुभएकाे थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0