Open photo

२०८० षुष ४, बुधबार

मकवानपुर । बागमती प्रदेशका १० अस्पतालकाे स्तराेन्नती गर्ने प्रदेश सरकारले निर्णय गरेकाे छ ।मँगलबार बसेकाे बागमती प्रदेश सरकारकाे साे निर्णय गरेकाे हाे । जसअनुसार प्रदेश राजधानी हेटौंडा र भक्तपुरको भक्तपुर अस्पताललाई ३०० शय्या बनाइने छ भने धादिङ , त्रिसुली , सिन्धुली अस्पताल र चितवनको बकुलहर अस्पतालकाे स्तराेन्नती गरि १०० शय्या बनाईने भएकाे छ ।

Open photo

मन्त्रीपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरुका लागि १ हजार ६६९ जना प्राविधिक र प्रशासनिक कर्मचारी सङ्गठन संरचना स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले सिन्धुपाल्चोकको सिन्धुपाल्चोक अस्पताल, रामेछापको रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाई स्मृति अस्पताल र काभ्रेको मेथिनकोट अस्पताललाई ५० शय्या बनाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0