Open photo

२०८० मङ्सिर १९ मँगलबार

प्रकाशवावु खनाल

चितवन । नेपाल राष्ट बैंकको “ग” वर्गको वित्तीय कारोवार गर्दै आएको रिलाइन्स फाइनान्स १४ औ वर्ष पूरा गरी १५ औँ वर्षमा प्रवेश गरेको छ । साे अवसरमा संस्थाले विभित्र सँस्थालाई आर्थिक सहयोगका कार्यक्रम गरी आफ्नो वार्षिक उत्सव मनाएकाे छ।

आफ्नाे १४ औँ वार्षिकोत्सवको अवसरमा “ संस्थागत उत्तरदायित्व” अन्तर्गत सँस्थाले विपन्न बर्ग लक्षित कार्यक्रम काे रुपमा मङ्सिर १८ गते रानीवन काठमान्डैाँ स्थित मानव सेवा आश्रममा रहनुभएका वृद्धवृद्धाहरुलाई आफ्ना लत्ता कपडाहरु सरसफाइमा सहजता हाेस् भन्ने उद्धेश्यले संस्थाका अध्यक्ष कुल प्रसाद मल्लीलाई वासिङ मेशिन हस्तान्तरण गरिएकाे थियाे । यसैगरी फाइनान्स कम्पनीकाे केन्द्रीय कार्यलय कमलादी तथा शाखा कार्यलय बनेपामा रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे थियो । नयाँ वर्ष प्रवेश कै अवसर पारेर सिता पाइला शाखामा आँखा ,कान तथा घाँटीको निशुल्क स्वास्थ्य सिविर संचालन गरिनुका साथै विरामीहरुलई निशुल्क चस्मा तथा औधषि वितरण समेत गरिएकाे छ ।

रिलायन्स फाइनान्सको  रत्ननगर चितवन स्थित टाँडी शाखाले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत रत्ननगर ११ जयमंगलामा रहेको गामबेसी चेपाङ संरक्षण केन्द्रमा रहेका १५० जना छात्रछात्रालाई स्टेसनरी सामान वितरण गरेको छ भने उक्त संरक्षण केन्द्रमा रहेका विपन्न भित्र पर्ने चेपाङ वाललालिकाहरुलाई १५ हजार रुपैयाँ बराबको कापी, किताब ,कलम लगायतका शैक्षिक सामाग्री वितरण गरिएको टाँडी शाखा प्रमुख आशिश ढकालले जानकारी दिए ।

आगामी दिनमा पनि सँस्थाले सामाजिक उत्तरदायित्व पूरा गर्ने गरि विभिन्न सामाजिक क्षेत्रमा आर्थिक तथा सामाजिक सेवाका कार्यमा सहयोग गरिने सँस्थाका कार्यकारी प्रमुखले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0