No description available.

२०८०मङ्सिर ३ आइतबार ।

चितवन । पछिल्ला दिनमा लाेकतन्त्र सँगै एमालेकाे विरुद्धमा गतिविधिहरु बढ्नथालेकाेले साे गतिविधिलाई राेकिने एमालेले जनाएको छ ।

चितवनका एमाले सम्बद्ध जनसँगठनकाे आज बसेकाे भेलाले एमाले विरुद्ध भैरहेकाे गतिविधिलाई निस्तेज पार्न घरदैलोमै जाने निर्णय गरेकाे नेकपा एमाले चितवनका उपाध्यक्ष तथा माेर्चा फाँट प्रमुख कमलराज पाठकले बताए ।

पार्टीका केन्द्रीय सदस्य जगन्नाथ थपलियाले समग्र राष्ट्रिय परिस्थितिकाे बारेमा ब्रिफिङ र जनसँगठनका प्रमुखहरुकाे धारणा पश्चात् पार्टी याे निर्णयमा पुगेकाे उपाध्यक्ष पाठकले बताएका छन्  । ” व्यापक छलफल पछि बढ्दै गैरहेकाे गणतन्त्र तथा एमाले विराेधी गतिविधिलाई राेकी निस्तेज पार्न हामी आफ्ना कार्यक्रम सहित जनताकाे घरदैलाे मै पुग्ने निर्णयमा पुगेकाछाैँ “- पार्टी जिल्ला अध्यक्ष रामप्रसाद न्याैपानेले श्रीखबर अनलाइन सञ्चारलाई जानकारी दिए । उनले भने ,”लाेकतान्त्रिक ब्यवस्था बिरुद्ध लाग्नेका बिरुद्धमा पार्टीका सबै जनसँगठन एक भएर लाग्नेछ ।”

पुरानाे राष्ट्रिय गान बजाउनेलाई कार्वाही गर्नुकाे सट्टा सरकारले नै सँरक्षण गरेकाे भन्दै मङ्सिर ७ गते महँगी र भ्रष्टाचारका विरुद्ध काठमाडौं मा हुने युवाहरूको प्रदर्शनमा समेत चितवनबाट व्यापक रुपमा युवाहरुकाे स्वस्फूर्त उपस्थिति रहने समेत उपाध्यक्ष पाठकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0