२०८०मङ्सिर २ , शनिबार ।

सरकारले समाजमा सामाजिक सद्भाव विगार्न नदिन र नागरिकलाई मानसिक राेगीहुन सक्ने बाटाे राेक्न भन्दै “टिकटक” बन्द गरेपनि चाेरबाटाेबाट याे सन्जाल प्रयाेग भैरहेकाे तथ्यले देखाउँछ । प्रविधि विज्ञ समेत रहेका क्यान महासँघका महासचिव चिरञ्जीवी अधिकारीले खुलेरै सरकारकाे याे कदम समय र प्रविधिकाे विरुद्ध भएकाे बताउँनुहुन्छ ।

Open photo

महासचिव अधिकारी

” आजकाे युगकाे राज्य भनेका निषेधकारी नभएर नियमनकारी हुनुपर्नेमा  अध्ययन र अनुसन्धान विना प्रविधिलाई नियन्त्रण गर्ने याे काईदा कथम ठिक छैन” – अधिकारीले भन्नुभयाे ।

हरेक देशले शासन सत्ता सञ्चालनका आफ्नै विधि बनाएका हुन्छन् । यदि कसैले निर्मित विधि पालना नगरि मनपरि गर्छभने कानुनका दफा सकृय भै नियमन गर्नुपर्नेमा नियमक निकायनै तानाशाहीमा  उत्रदै नियन्त्रणका नाममा खत्तम गर्न कहाँमिल्छ – महासचिव अधिकारीले श्रीखवरसँग कुराकानीमा भन्नुभयाे  ” यदि सरकारले कानुनी राज्य सँचालनकाे हुलिया दिन्छभने कुनैपनि प्रविधिकाे नियमन गरियाेस् र बेनियममा हिड्नेलाई तुरुन्तै कार्वाही गरियाेस् न कि निषेध ।”

सरकारले टिकटक बन्दगर्ने निर्णय गरेकाे केहिघण्टा मै टिकटकले नेपाल दुरसञ्चार प्रधिकरणलाई पत्राचार गरि आफ्ना सातबुँदे असहमति जनाएको प्राधिकरण सुत्रले बताएका छन् । दुरसञ्चारकाे अनुराेधमा इन्टरनेट सेवा प्रदायक निकायहरुले साे सेवा बन्द गरेपनि नेपालबाटै नयाँ भिडियाे अपलाेड भएपछि प्रयाेगकर्ताले भीपीएनकाे चाेरबाटाे प्रयाेग गरेकाे प्रष्टिएकाे छ ।

भीपीएन भनेकाे भर्चुअल प्राइभेट नेटवर्क हाे । यसले हामीले प्रयाेग गर्ने उपकर र अन्य कम्युटरबीच नेटवर्किङ सन्जाल स्थापित गराइदिन्छ ।

क्यान महासँघ फेडेरेसनका महासचिव तथा साइव सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारी भन्नुहुन्छ ” सित्तैमा डाउनलाेड गरेर चलेका भीपीएन सुरक्षित नहुनेहुनाले आफू र आफ्नाे डाटा कति शुरक्षित छ भन्नेकुरा प्रति सचेतहुन जरुरी हुन्छ ” । ” यसलाई शुरक्षित बनाएर चलाउन पनि सकिन्छ ” – अधिकारी भन्नुहुन्छ ।

कुन र कस्ताे भिपीएन प्रयाेग गर्दैछु भन्ने नजानी याे प्रविधि भित्र पस्दा जाेखिम हुने हुनाले यसकाे प्रविधिको बारेमा समेत ज्ञान रहनुपर्ने अधिकारीकाे सुझाव रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0