Open photo

२०८० मङ्सिर १ , शुक्रबार ।

‘ मैले दोस्रो बिवाहा गरेँ। जिन्दगी सोचेजस्तो नहुने रहेछ । १६ बर्सको उमेरमा मैले पहिलो बिवाहा गरेकी थिएँ। २० बर्ष पूरा हुँदै गर्दा म विधवा भएँ। नेपाल प्रहरीमा कार्यारत ओम जिलाई देशको द्वन्द्वले लग्यो । यसरी प्रेम वियोगमा मैले २५ बर्ष गुजारेँ । यो दौरानमा आर्थिक ,सामाजिक ,राजनितिक उतारचढावहरू मेरो जीवनमा आए ।

व्यवस्था परिवर्तनको नाममा मच्चिएको उत्पातले म जस्ता कैयौं दिदीबहिनीहरूले वियोगमा जिन्दगी जिउनु परेको सत्यताहरू हाम्रो आँखा अगाडी छन् । सन्तानको लागि मैले जानी नजानी ,सकि नसकी आफ्नो कर्तव्य पूरा गर्न लागि परेँ र उचित शिक्षा दिएर कुटुम्बको जिम्मा लगाएँ। त्यसपछि म विल्कुल एक्लो भएँ अबको यो उमेरमा झन् कसैको साथको आवस्यकता खड्किन थाल्यो ।

मनले साथीको आवस्यकता महसुस गरेकै बेला परिवारिक थ्रो बाट ज्ञवाली जिको कुरा मसम्म आयो । मैले जवाफ दिन सकिन र निर्णय गर्ने पूरा अधिकार छोरी ज्वाइँलाई दिएँ । मेरो पहिलो घर ,माइती ,मावली र इष्टमित्र समक्ष यो कुरा राखेर सबैको सर्वसहमतिमा र उपस्थितिमा बुटवल, मंगलापूर निवासी पत्नी वियोगको पीडा खेपिरहनु भएका तीन छोरीका पिता ज्ञवालीजिलाई अबको बाँकी जिन्दगी सुम्पने निर्णय गरेँ ।

अब हामी चार वटी छोरीको माता पिता भएका छौं ।हिजो पनि म मेरो कर्तव्यबाट विमुख भइन अब भोलीपनि कर्तव्यवोध गर्नेनैछु । अब हाम्रो चाहना हामी दुबैले गुमाएका हाम्रा आफ्ना मान्छे( ओमजि र कृष्णा दिदी) को स्मरण गर्दै चार सन्तानको कुशल माता पिता बनेर हाँसी खुशी बाँकीको जिन्दगी बिताउनु हो।

समाज परिवर्तनको नारा फुकेर मात्र समाज परिवर्तन हुँदैन सुरुवात हामी आफैले गर्ने हो । ‘

स्टाटस् लेख्दै अम्बिका पाेख्रेल कार्कीबाट अम्बिका पाेख्रेल ज्ञावली बन्नुभएकी अम्बिका ” अनु” एउटा सँघर्षकाे भट्टीबाट खारिदै आउनुभएकी सामाजिक व्यक्ति हाे ।

२० बर्षकाे उमेरमा बिधवा हुँदा बहाँकाे काखमा २ बर्षे नाबालिका छाेरी थिईन् । स्नातक पास गरेकी उनी अहिले घरबारबाली भैसकेकीछन् । ” एकजना द्वन्द्वमा पति गुमाएकी महिला ” मा मात्र सिमित नभै एउटा उदयमान् साहित्यिक श्रष्टाकाे रुपमा स्थापित अम्बिका पाेख्रेल ” अनु ” राष्टिय जन साहित्य सँघ चितवनकाे अध्यक्ष तथा बागमती प्रदेश कमिटीकाे सदस्य समेत हुनुहुन्छ ।

१०१ नामको गजल सँग्रह समेत प्रकाशन गरिसक्नुभएकी साहित्यकार”अनु” समाज भित्ररहेका विकृति र विसँगतिलाई शेर र काफियाका माध्यमबाट गजल मार्फत जवर्जस्त प्रस्तुति मा समेत खारिदै आउनुभएकाे छ । ” २० बर्षकाे उमेरमा २ बर्षकी नानी काखमा लिदै पुछिएका सिन्दुरलाई साक्षीराखेर मैले मेरा सहादत पति ओम कार्कीकाे सम्झनालाई जिवन्त बनाईराख्न कै लागि ” ओम कार्की स्मृति साहित्य प्रतिष्ठान ” मार्फल जे जस्ता कार्य सञ्चालन गरेँ याे नै मैले वहाँ प्रतिकाे प्रेमकाे र अमर सम्बन्ध हाे भनी सम्झिरहने छु ” – अम्बिका पाेख्रेल ” अनु” ले आफू ज्ञावली थरकाे प्रतिष्ठा र जिम्मेवारीम समाहित हुँदैगर्दा स्मरण गरहेकाे र आफ्ना अमर पति ओम कार्कीलाई समेत जीवन रहँदासम्म कालजयी बनाईराख्ने सँकल्प गरिरहेकाे बताएकी छन् ।

नेपाल प्रहरीको जागिरे जिन्दगीमा रहेका बेला अम्बिका का अमर साथी ओम कार्की आफ्नै गाउँको प्रहरी कार्यालयमा जिम्मेवारी समालिरहेकै बखत तात्कालिक बिद्राेहीकाे निशानामा परि सहादत हुनुभएको हाे । अम्बिका आफ्नाे पति सहित द्वन्द्वमा मारिएका शुरक्षाकर्मीलाई सहिद घाेषणा गराउने आन्दोलनमा अगुवा पिडितकाे रुपमा नेतृत्वमा गर्नुहुन्थ्यो ।

” एउटी महिला एकल जिन्दगी बिताउन कति कठिन छ र घर परिवार , समाज मा कसरी बाचिनु पर्दाेरहेछ  जिन्दगी भाेगेकाे हुँनाले जिन्दगीले सहार कतिखेर महसुुस हुन्छ म जस्ता धेरैले महसुुस गरेकाे विषय हाे भन्नुहुन्छ अम्बिका ।

” बिधुवा , विधुर जिन्दगी न कसैकाे रहर हाे न दाम्पत्य जिन्दगी नै पूर्ण र भरिपूर्ण । तै पनि,हामी बाँकी जिन्दगीलाई पूर्णता तर्फ लैजाने काेसिसका साथ नयाँ शिराबाट जिन्दगी बनाउने र विताउने याेजना बनाउदै  आजबाट म अम्बिका पाेख्रेल कार्की अम्बिका पाेख्रेल ज्ञावलीकाे जिन्दगीकाे यात्रामा निस्किएकाे छु – अम्बिकाले भनेकीछन् ।

Open photo

( पाेख्रेल र ज्ञावलीकाे नवविवाहित जाेडी )

२५ बर्षे लामाे एकल जिन्दगी ताेड्दै दाम्पत्य जिवनमा प्रवेश काे अवसरमा श्रीखबर अनलाइन सञ्चार वहाँहरुकाे सफल र शुखद जिन्दगीको शुभकामना व्यक्त गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0