No description available.

२०८० कार्तिक २८, मँगलबार ।

काठमाडौं । जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियान्ता शँखधर शाख्वा समकालीन सामाजिक अभियान्ता भएकाे प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले बताएका छन् । नेपाल संवत् ११४४ नयाँ वर्षकाे शुभकामना दिदै प्रधानमन्त्री दाहालले साे कुरा बताएका हुन् ।

No description available.

” नेपालकाे सामाजिक न्यायकाे इतिहासमा नेपाल सम्वतका प्रवर्तक शँखधर शाख्वाले खेल्नुभएकाे भूमिका अविस्मरणीय छ ” प्रधानमन्त्री दाहालले शुभकामना मन्तव्यका क्रममा भने। जनतालाई ऋणबाट मुक्त गर्नेजस्ताे महत्त्वपूर्ण कार्यकाे अगुवाइ गर्नुहुने समकालीन अभियान्ता शाख्वा महान प्रगतिशील सामाजिक व्यक्ति भएका र समाज परिवर्तनकाे जग बसाउन उनले खेलेकाे भूमिका महत्त्वपूर्ण रहेकाे प्रधानमन्त्री दाहालले बताए ।

प्रधानमन्त्रीले २१ अैाँ शताब्दीको विकसित युगमा सबै जाति,भाषा, सँस्कृति र समुदायको विविधता र पहिचानलाई स्थापित गरेर मात्रै देशकाे आन्तरिक राष्ट्रियता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र यसकाे रक्षा गर्न सकिने बताउँदै पहिलाे गणतान्त्रिक सरकारले नेपाल सम्वतलाई राष्ट्रिय सम्वतकाे मान्यता प्रदान गरेकाे समेत उल्लेख गरे ।

आज नेपाल संवत् ११४४ काे अवसरमा सरकारका तर्फबाट यसका प्रवर्द्धक राष्ट्रिय विभूति शँखधर शाख्वाकाे सम्मानमा आयाेजित कार्यक्रममा वहाँकाे सालिकमा माल्यर्णपन गरि कार्यक्रम सम्पन्न गरिएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0