Open photo

२०८० कार्तिक २६, आइतबार ।

चितवन । प्रेस चाैतारी नेपाल चितवनकाे निर्माणाधीन भवनका लागि पत्रकार सन्ताेष देवकोटाले आर्थिक सहयोग गर्नुभएकाे छ ।

लाेकतन्त्र सन्देशका सन्चालक समेत रहनुभएका प्रेस सेन्टरका बागमती प्रदेश कमिटीका सचिव देवकाेटाले आफ्नाे जन्मदिनको अवसर पारेर साे सहयोग गर्नुभएकाे प्रेस चाैतारी नेपाल चितवनका अध्यक्ष सुवास पण्डितले जानकारी दिनुभयाे । “प्रेस चाैतारीले भवन निर्माणका लागि सबै सहयोगी हातहरुसँग सहयाेग र सद्भावकाे अपेक्षा गरिरहेकाे सन्दर्भमा आफुलाई यस अभियानमा जाेडिने चाहना भएर नै सहयोग गरेका हूँ ” सहयाेग रकम हस्तान्तरण गर्दै पत्रकार सापकोटाले भन्नुभयाे । देश कै पहिलाे भवनको रुपमा चाैतारी चितवनले आफ्नाे भवन निर्माण गर्न लागेकाेमा आफुलाई खुशी लागेकाे बताउँदै सापकोटा भन्नुभयाे ” पत्रकारहरुकाे सँघ सँगठनहरु सस्थागत हुँदा त्यसकाे प्रत्येक्ष लाभ सबै पत्रकारहरुलाई मिल्ने  छ ।”

पत्रकार महासँघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारी , उद्योग बाणिज्य सँघ चितवनका पूर्व अध्यक्ष राजन गाैतम ,पत्रकार महासँघ चितवनका सल्लाहकार तिलकराम रिमाल , पत्रकार राजेश घिमिरे सहितकाे उपस्थितिमा पत्रकार सापकोटाले सहयाेग रकम हस्तान्तरण गर्नुभएकाे हाे ।प्रेस चाैतारी नेपाल चितवनका अध्यक्ष सुवास पण्डितलाई भवन निर्माणका लागि सहयाेग स्वरुप १० हजार १ सय ११ रुपयाँ हस्तान्तरण गरिएको थियाे ।

प्रेस चाैतारी चितवनले निर्माण गर्न लागेकाे साे भवन चाैतारीकाे इतिहासमै पहिलाे रहेकाे जनाईएकाे छ ।

Open photo

(प्रेस चाैतारी नेपाल चितवनको निर्माणाधीन भवन)

समाजसेवी केशव कार्कीले प्रेस चाैतारी चितवनका लागि नि:शुल्क प्रदान गर्नुभएको भरतपुर ११ बसेनी स्थित १० धुर जग्गामा करिव एक कराेड ५० लाख लागतमा २ तला र आधा काे सुबिधा सम्पन्न बन्ने निर्माणाधीन भवनकाे दाेश्राे तलाकाे ढलान गर्ने तयारीमा रहेकाे छ ।

भवन निर्माणका लागि चाैतारी चितवनलाई विभिन्न व्यक्तित्वहरु , सँघसँस्था तथा निकायहरुले खुल्ला दिलले सहयाेग गरिरहनुभएकाे र हालै नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले समेत महत्त्वपूर्ण आर्थिक सहयाेग गर्ने अध्यक्ष सुवास पण्डितले बताउनुभयो ।

भवन निर्माण गर्ने प्रयाेजनका लागि प्रेस चाैतारी चितवनले राष्ट्रियस्तरका कलाकारहरु काे सहभागीतामा टिकटमा आधारित वृहत् सास्कृतिम साँझ समेत सम्पन्न गरि रकम सँकलनकाे अभियान शुरुगरेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0