Open photo

२०८०कार्तिक २७, साेमबार ।

चितवन । चाडपर्वकाे समयमा चिल्लाे , नुनिलो र गुलिया परिकारकाे अलि बढि प्रयाेग हुनु स्वभाविक भए पनि अधिक प्रयाेग हुनु स्वास्थ्यकाे लागि हानिकारक हुन्छ भन्नुहुन्छ वरिष्ट फिजिसियन डाक्टर भाेजराज अधिकारी ।

” त्यसै त अनेकन परिवेशमा फस्दैजाँदा समाज दिनानुदिन तनावमा फस्दैगैरहेकाे छ । नयाँ नयाँ प्रकृतिका नसर्ने राेगहरुकाे सिकारमा फस्दैछ समाज, त्यसमा पनि चाडपर्वका समयमा बनाइने परिकारमा अनावश्यक चिल्लाे , गुलियाे वस्तुकाे प्रयाेगका कारण यस्ता परिकार धेरै सेवनगर्दा मानिसकाे खानपानकाे रुटिङमा एक्कासि परिवर्तन आउँदा समेत राेग थपिने र राेगीलाई थप बिगार्ने डरहुन्छ” – डाक्टर अधिकारी भन्नुहुन्छ ।

चाडबाडकाे समयमा बनेका  परिकारमा सबैमा गुलियाे , चिल्लाे वा नुन हुन्छ । अलिअलि चाखेकाे हुँ भन्दैमा शरीरलाई चाहिने भन्दा बढी शरीर भित्र पस्छ , याे शरीरकाे सिस्टममा छिर्छ र शरीरलाई विगार्न थाल्छ भन्नुहुन्छ डाक्टर अधिकारी । समाजमा गुलियाेले मात्रै सुगर बढ्छ भन्ने भ्रम छ तर त्याे भन्दा धेरैगुणा चिल्लाेले बढाउँछ । त्यसैले प्रेसर, सुगर जस्ता राेगी या राेगकाे नजिक पुगेका मानिसहरुले खानपानमा लापरवाही नगर्न डाक्टर अधिकारीले सुझाउनुभएकाे छ ।

बजारमा अनेकथरी खाद्य परिकार वा परिकार बनाउन आवस्यक पदार्थकाे विक्री भैरहेकाे अवस्थामा आफुले आफू र आफ्ना परिवार र नजिकका आफन्तलाई खुवाउने परिकार बनाउँदा के कस्ता सामाग्री मिसाउँदैछु भन्नेकुरा ध्यानदिन सुझाउनुहुन्छ पाेषण सम्बन्धि लामाे अनुभव रहि नर्सिङमा स्नातकोत्तर तथा समाजशा्त्रमा स्नातकोत्तर गर्नुभएकी कविता खतिवडा ।

” सहर मात्रै नभएर गाउँघर नै सहरिया जस्ताे भैसकेको छ । गाउँमा समेत शारीरिक कामधन्दा छुट्दैछ । शारीरिक काम नभएपछि शरीरमा भएका विभिन्न प्रकारका तागत तत्वहरु खर्चहुन नपाए पछि बाेसाे बनेर छाला भित्र बस्ने , रगतमा बाेसाेकाे रुपमा मिसिने र रक्तनलीलाई नाेक्सान पुर्याएर शरीरमा अनेकखाले राेग निम्त्याउँछ भन्नुहुन्छ खतिवडा ।

मुखकाे स्वाद क्षणिक मजा र मिठाे भएपनि बढी चिल्ला, गुलिया र नुनिला खानाले शरीरलाई नाेक्सान पुर्याउने बताउँदै मैदाजन्य परिकारमा धेरै बढ्न नहुने बताउनुहुन्छ डाक्टर भाेजराज । ” आयातित खाने परिकार मात्र नभै खाने फलफूल तथा तरकारी समेतमा अधिकमात्रमा विषदी तथा अखाद्य पदार्थकाे मिसावटका समाचार बाहिर आईरहेकाले त्यतातर्फ समेत सचेत रहन डाक्टर अधिकारीकाे सुझाव रहेकाे छ ।

श्रीखबर अनलाइन सञ्चारसँग कुरागर्दै डाक्टर अधिकारीले भन्नुभयाे ” जतिसादा खाना – उति नै निराेगी जिन्दगी ” ।

तिहारकाे पर्वकाे चटाराेसँगै विभिन्न कारणले घर, पसलमा आगलागी हुने तथा सवारी दुर्घटना भैरहेकाे परिस्थितिमा आतसवाजीका सामाग्री , मैनवत्ति, विजुली सट जन्य विपत्तिबाट हुनसक्ने सम्भावनालाई समेत सावधानीका साथ हेरिनपर्ने र कथम दुर्घटना हुनगएमा नजिकै का सहयाेगी सँस्थासँग सम्पर्कमा रहन प्राविधिज्ञ तथा क्यूपेक चितवनका उपाध्यक्ष गाेविन्द खनाल सुझाउनुहुन्छ ।

आर्थिक ,सामाजिक र पारिवारिक विछाेडकाे नराम्रो घनचक्करमा फस्दैगैरहेकाे समाजिक परिवेशमा भित्रिएकाे चाडका माध्यमबाट समाजले परम्पराकाे जगेर्ना र सामाजिक सास्कृतिक सँरक्षणमा टेवापुग्ने विश्लेषकहरुकाे धारणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0