Open photo

२०८० कार्तिक १, बुधबार

कृष्ण खनाल, चितवन । चाडपर्वले समाजमा खुशी र उमँग ल्याउने सनातनी परम्परा हाे । तर बजार भाऊ अकासिएको कारण चाडपर्वले उमँग दिनुकाे सट्टा यातना पाे दिदैछ ।

‘ म आफैँ किराना व्यवसायी भएपनि महङ्गी किन यसरी बढ्याे भनेर कारण साेध्नुभयाे भने सहज उत्तर छैन ‘ भन्नुहुन्छ किराना व्यवसायी सँघ चितवनका अध्यक्ष हरिराज पाैडेल ।

Open photo

गएकाे ५ बर्षयताकाे बजार भाउलाई अध्ययन गर्ने हाे भने आश्चर्यजनक  छ भन्नुहुन्छ हरिराज । एक वर्ष पहिला ६ सय पनि नभएकाे जिराकाे भाउ १२ सय बढेकाे मात्रै छैन  चिनीको भाउ करिव ६ हजार दुइसय भन्दा माथि ५० किलाेकाे बाेराकाे पर्दापनि सहजरुपमा नपाईएकाे कारण पनि भन्न कठिन छ भन्नुहुन्छ व्यवसायीका अध्यक्ष हरिराज । न अहिले चिनीकाे उत्पादन हुने सिजन हाे न लागत बढ्नुपर्ने कारण छ बस् मूल्य बढेकाे बढेकै छ ।

बजार भाउ अकासियसँगै व्यपार आधाभन्दा पनि बढिले घटेकाे छ । काेराेना कालमा किराना पसल चलेकाे देखेर धेरैले काेठै फाेरेर सटर निकाले । धेरै ,थाेरै किराना सामान भरे । हेर्दाहेर्दै किराना समान पनि सकिए । अब त आधाआधि सटरहरु खाली भैसके ।

किराना व्यवसायीलाई कसरी पेशामा टिकाईराख्ने भन्ने नै चुनाैती भएकाे अध्यक्ष पाैडेल बताउनुहुन्छ ।

हिजाे एक दुई लाखबाट पनि पेशा शुरुहुन्थ्याे तर अहिले १० लाखबाट पनि सानाे किराना पसल शुरु नहुने भयाे ।  पसल चल्दाकाे अवस्थामा बढाएकाे सटरभाडा काेहि घटाउने पक्षमा देखिदैन । व्यापार नभएपछि भएकाे खादैमा सकाएर सटर छाेड्नुपर्ने अवस्था आएकाे अध्यक्ष पाैडेलले श्रीखबर अनलाइन सञ्चारसँग छाेटकरी कुराकानीमा बताउनुभयो ।

साना किराना त टिक्नै नसक्ने भए ठुला देखिएकाहरुकाे हभिगत समेत धरापमा छ । बैकहरु त नाफामा हाेलान् तर बैकले लगानी गरेका ९० प्रतिशत भन्दा बढी व्यवसायी भने बैककाे किस्ता त परैजावस् व्याज तिर्न नसकेर अब के गर्ने भन्नेमा छन् ।

उद्योगीहरु बैँकलाइ तिर्ने ऋ्ण मात्रै तिर्नपाए भएकाे उद्योग नै बैकलाई सुम्पिन तयार भएका धरै साथीकाे कथा सुनेकाे भन्नुहुन्छ हरिराज । उबेलामा उधाराे सामान पनि पाइन्याे । कम्पनीले डिलरलाई र हाेलसेलरले खुद्रा पसलेलाई उधाराेमा सामान दिन्थे । अहिले त चेक दिदापनि समाना नपाईने भएकाेले पनि बजार टाईट रहेकाेले पनि व्यापार गर्नै गार्हाे परेकाे किराना व्यवसायीका नेताले नै भनेपछि बिना नगद लगानी व्यापार गर्न नसकिने प्रस्टै छ ।

बैक तथा सहकारीमा लगानी याेग्य रकम छ र पनि व्यवसायीहरु ऋण लिनबाट डराईरहेका छन् ।  ऋण लिएर व्यापार गर्नुभन्दा बैक तथा वित्तीय सँस्थाकाे नाम नै सुन्न नपरेहुन्याे भन्ने व्यापारी बढ्दैगएकाे छ ।  ऋणकाे लगानी मा सुनिश्चितता छैन । भाेली ऋण कसरी तिर्ने भन्ने न याेजना छ न ग्यारेन्टी नै । बरु ऋण गरेर डुवेर टाटपल्टने अवस्थामा पुग्नुभन्दा एक छाक खाने तनाव कम लिने अवस्थामा व्यापारी पुगेकाेले पनि भाेलीकाे दिनमा व्यापार र लगानी काे विच असमानता देखिनसक्ने छ । यसले दिर्धकालीन आर्थिकसामाजिक असरमा नकारात्मकता ल्याउनसक्ने प्रति लक्ष्यित गर्द‌ अध्यक्ष पाैडेलले भन्नुभयो ” नेपाल सुधार्न बजारलाई हाेल्डगर्ने आजकाे सँजाललाई ताेड्दै नेपाल र नेपालीको ताकतमा बजार अनुगमन , मुल्यांकन र सञ्चालनमा हैसित विकास गरिनुपर्छ जुनकुरा दुरदर्शि राज्य सञ्चालकबाट मात्रै सम्भावना छ ।”

भित्र्याएको रेमिट्यान्स र बिदेशी ऋणबाट प्राप्त रकम उद्योग कलकारखाना सञ्चालन गर्न आवस्यक भाैतिक पूर्वाधारमा खर्च गरि राेजगारी र देशभित्रकाे कच्चा पदार्थबाट बस्तु उत्पादन गर्ने तर्फ ध्यान दिनुकाे सट्टा राज्यका लगानी दैनिक प्रशासन खर्च , तलव भत्ता , बिदेश भ्रमण तथा देशभित्रै पनि शाैन्दर्यकरण का नाममा तथानाम खर्चगर्ने राज्य सँचालककाे लहडी याेजनाले झन्न देशकाे ऋणभार बड्ने र साधनकाे दुरुपयोग बढ्ने देखिएकाे छ ।

दैनिक २५ सयकाे हाराहारीमा विदेशीएका हरेक युवा जनशक्तिकाे दाउ नेपाल नफर्कन परेहुन्थ्याे भन्ने मनाेविज्ञान देखा पर्नु अझ आउनेदिनका लागि शुभसँकेत नभएकाे जानकारहरु बताउँछन् । यतिठुलाे कृषिकाे सँभावना रहेकाे देश भित्र कुनैपनि काम नपाएर ईजरायल जस्ताे देशमा शिकाईसँगै आर्थिक आर्जनको आशामा गएकै महिना भित्रै मारिएका युवा विद्यार्थीकाे सक्किएकाे सपना, बाँचेका युवाहरुले कसरी पूरगर्न सक्छ भन्ने थप अध्ययन गर्नसके मात्रै पनि धेरै याेजनाकाे विकल्प निस्कने जानकारहरु बताउँछन् ।

देशकाे अर्थतन्त्र र उत्पादनमा सारैथाेरै व्यक्तिको एकाधिकार रहेकाे र निहित स्वार्थ पूरागर्न रातारात बजारलाई कालाबजारमा रुपान्तरण गरिरहेकाे चालपाएर पनि न राज्यले नियन्त्रण गर्ने ताकत राख्छ न त उपभोक्ताले नै । बजारमा चहलपहल घट्नुमा कारण महँगी बढ्नुकाे साथै उपयाेग गर्ने उमेर समुहका युवाहरु समेत आउँ शहरबाट रित्तिदै जानू र आम्दानीको तुलनामा खर्च काे चाप अत्यधिक भएकाे जनाकारहरु बताउँछन् ।

हरेक जसाे घरमा परिवारकाे बिछाेड काे पीडा रहेकाे त छदैछ भर्खर १२ कक्षा पासगरेका उमेरले २० पनि नकटेका लालाबाला समेत काखमा नरहेपछि कसरी चाडआउनु । “नेपाल बस्न र कर्मगर्न सक्ने देश रहेन “भन्ने मनाेविज्ञान श्रृजना हुनुमा नेता र नेतृत्वले ठुलाे अपजस लिनुपर्नेमा करिव एकमत छ समाज । एउटै व्यक्ति ३० अाैँ , ४० अैाँ बर्षसम्म पनि नेता र नेतृत्वको धुरी भैरहनु र समाजले अर्काे आसलाग्दाे नेता र नेतृत्व जन्माउन नसक्नु नै नेपालीको दुर्भाग्य हाेईन भन्ने कसैकाे आँट छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0