२०८० कार्तिक १, बुधबार
जाेमसाेम।राष्ट्रिय प्रकृति सँरक्षण काेषद्वारा आयाेजित जलवायु सँवादका लागिजाेमसाेम पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङको कागबेनी,मुक्तिनाथकाे दर्शन गर्नुका साथै काेराेला नाकाकाे अवलोकन समेत गर्नुभएको छ।
आज बुधवार बिहान मुस्ताङ पुग्नुभएका प्रधानमन्त्री दाहालले साे क्षेत्रकाे अवलोकन गर्नुभएकाे हाम्रा प्रतिनिधिले जनाएका छन् ।
अवलोकन पश्चात् काेष द्वारा आयाेजित कार्यक्रममा हिमालकाे सँरक्षण गर्नु नेपाल मात्रै जिम्मेवारी र कर्तब्य नभएर याे विश्वकाे समेत साझा दायित्व भएकाे बताउदै प्रधानमन्त्री दाहालले याे विषयलाई अन्तर्राष्ट्रिय फाेरममा समेत उठाएकाे।बताउनुभएको थियाे ।
पछिल्लो समय नेपालले जलवायु परिवर्तनका गम्भीर समस्य भाेगिरहेकाे र मुस्ताङ बासी नै यसकाे साक्षी रहेकाे अवस्थामा प्रत्यक्ष रुपमा सराेकारवाल निकायसँग भएकाे छलफलमा सहभागी भैरहँदा आफुले थप जानकारी र याेजना निर्माणकार्य सहयाेग पुग्ने भन्दै प्रम दाहालले यस क्षेत्रकाे विकासका लागि धार्मिक तथा सँस्कृतिक पर्यटनको विकासमा जाेड दिनुपर्ने बताउनुभयो ।
यस क्षेत्रकाे विकास र सम्वृद्धिमा काेराेला नाकाकाे महत्त्वपूर्ण याेगदान हुनेहुनाले नाकालाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्नेमा प्रधानमन्त्रीकाे धारणा थियाे । प्रधानमन्त्रीले मुस्ताङ जिल्लालाई बहुआयामिक बिशेषता भएकाे जिल्लाका रुपमा चित्रण गर्दै यहाँको स्याउ लगाएतका उत्पादनलाई उचित मुल्यमा बेच्न सक्ने बनाउनुपर्ने बताउनुभएको छ।
प्रधानमन्त्रीले जलवायु सँरक्षण बापत अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपालले प्राप्त गर्ने रकमबाट ५० कराेड रुपैयाँ मुस्ताङ जिल्लामा पठाईने समेत घाेषणा गर्नुभएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1