२०८०असाेज २४, बुधबार

काठमाडौं । पत्रकार सम्मेलन गरेर इजरायलमा मारिएका नेपालीको शव नेपाल ल्याउन ढिला हुने बताईएको छ। बुधबार अपरान्ह परराष्ट्रले गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले साे जानकारी गराउनुभएकाे हाे । मारिएका १० जानकाे शव इजरायल सरकारसँग रहेकाे र इजरायल सरकारले शव हस्तान्तरण गरेपछि मात्रै शव नेपाल ल्याउन सकिने प्रवक्ता लम्सालले बताउनुभयो ।

Open photo

अज्ञात अवस्थामा रहनुभएका विपिन जाेशीकाे इजरायली सरकारकाे समन्वयमा खाेजी भैरहेकाे र सरकारले निरन्तर समन्वय गरिरहेकाे बताइएको छ। ” सबै शवहरु इजरायली सरकारसँग सुरक्षित छ, उसले शव हस्तान्तरण गरेपछि नेपाली ल्याइने छ र परिवारलाई शव हस्तान्तरण गर्ने कार्यमा हामी क्रियाशील छाैँ ” – प्रवक्ता लम्सालले बताउनुभयो ।

उनका अनुसार नेपाल फर्कन चाहनेहरुका लागि लिन आज राति नै नेपाल एयरलाइन्सकाे वाइडबडी जहाज त्यता पठाउन लागिएकाे छ। २ सय ८८ जनाले नेपाल फर्कन चाहेकाे र आज पठाउन लागेकाे विमानकाे क्षमता २ सय ५० सिट रहेकाे बताउदै प्रवक्ता लम्सालले इजरायलबाट नियमितरूपमा उडान भैरहेकाे ले नेपाल फर्कन चाहनेलाई नेपाली दुतावासले सहजिकरण गरिरहेकाे ले सम्पर्कमा आउनुहुन पनि जनाईएकाे जनाइएको छ।

लम्सालका अनुसार घाइते ४ मध्य २ जना अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0