Open photo

२०८०असाेज २३, मँगलबार ।

चितवन । बागमती प्रदेशभरीका मन्त्रीहरु मध्य चितवनबाट ‘ ख ‘ बाट विजयी भै बागमती प्रदेशकाे स्वास्थ मन्त्री काे जिम्मेवारीमा रहनुभएका उत्तम जाेशी उत्कृष्ट मन्त्रीमा दर्ज हुनुभएको छ।

Open photo

विश्व मानसिक स्वास्थ दिवस एवं सेताे काेट दिवस काे अवसरमा मँगलबार आयाेजित कार्यक्रममा उत्कृष्ट घाेषित गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड द्वारा मन्त्री जाेशीलाई सम्मान गरिएको हाे ।

Open photo

गत जेष्ठ ७ गते बागमती प्रदेशकाे स्वस्थ्य मन्त्रीमा नियुक्त हुनुभएका जाेशीले यसै अवधिमा प्रादेशिक अस्पतालमा विपन्न नागरिकलाई नि: शुल्क उपचार गर्ने निर्णय गराउनुभएकाे छ भने क्यानसर तथा हृदयघातका बिरामीलाई छुट सुविधा समेत दिईने निर्णय गराउने मा गनिनुभएकाे छ ।

मन्त्री जाेशी कै पहलमा प्रदेश भित्रका सहिद परिवार, युद्घकालीन अवस्थाका घाइते , विपन्न नागरिक तथा वन्यजन्तु बाट घाइते भएकाहरुलाई समेत क र ख बर्गका आधारमा नि: शुल्क उपचारकाे निर्णय भएकाे छ ।

मन्त्री नियुक्त भएदेखि नै नागरिक पक्षमा काम गर्न तत्पर मन्त्री जाेशीले प्रदेशका १३ वटै जिल्लामा भित्र रहेका आश्रमहरुमा आश्रित , अपांगता भएका , सिमान्तकृत तथा लाेपान्मुख जातिहरुलाई समेत नि: शुल्क बीमा,महिला स्वास्थ स्वँसेविकाहरुलाई बीमाकाे व्यवस्था गर्नुभएको मन्त्री जाेशीलाई उनकाे काम गर्ने शैली र तत्परता काे मुल्यांकन गर्दै देखिएकाे परिणामका आधारमा सम्मान गरिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0