२०८१ बैशाख २७, बिहीबार

आशिष आचार्य , उपत्यका व्यूराे

काठमाडौं । नेपाली काँग्रेसकाे आकस्मिक केन्द्रीय समितिकाे बैठक बुढानिलकण्ठमा बसेकाे छ।

पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री सूर्यमान गुरुङको निधनप्रति शाेक प्रस्ताव पारत गर्न बैठक बसेकाे हाे

२०१८ सालमा फुङलिङमा भएकाे प्रहरी ठाना कब्जामा सरिक भै कारागार भित्र रहेका कैदीबन्दीहरुलाई भगाएका उनी लामाे समय भारत निर्वासमा थिए ।

२०३६ सालमा आममाफी पस्चात नेपाल फर्किएका उनी २०४६ पछि नेपाली काँग्रेसमा कृयाशीत थिए । २०५१ र ०५७ काे दुबै निर्वाचनमा ताप्लेजुबाट चुनाव जितेका उनी २०६४ सालमा भने माओवादीका राम कार्कीसँग पराजित भए ।

२०७० काे संविधान सभामा समानुपातिक सभासद भएका गुरुङ ०७३मा श्रम,राेजगार , तथा सामाजिक सुरक्षा मन्त्री भएका थिए भने उनी स्थानीय विकासमन्त्री समेत भएका थिए ।

स्वर्गीय गुरुङ ८४ वर्षकाे उमेरमा निधन भएकाे र आज अन्तिम श्रद्धाञ्जली गरि अन्त्यष्टि हुने भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0