२०८१ बैशाख २६, बुधबार

कपिलवस्तु । हिजाे पार्टी फुटाउनेहरु अन्तकतैबाट सञ्चालित भएकाे भन्दै अब यसाेगर्ने छुट कसैलाई नभएकाे एमाले अध्यक्ष केपी शर्मा  ओलीले बताएका छन्।

‘हिजो गलत मनसायबाट पार्टी फुटाउनेहरू कहीँबाट सञ्चालित थिए, अहिले उनीहरूको के हालत भएको छ, केही स्वार्थी व्यक्ति पार्टीमा हुँदा कति धेरै क्षति पुर्‍यायो भन्ने विषय सबैलाई प्रष्ट छ’ नेकपा एमाले कपिलवस्तुको १० औँ अधिवेशन उद्घाटन कार्यक्रममा उनले भने ।

`पार्टीमा गुठबन्दी मुर्दावाद´ भनाैँ भन्दै अध्यक्ष ओलीले भने – एमालेभित्र रहेका केही स्वार्थीलाई पचेन, डाहा भयो, उनीहरू कहाँबाट सञ्चालित भएका हुन् । गलत मनसायले पार्टी फुटाए, कम्युनिष्ट पार्टीको सरकार ढलाएर दक्षिणपन्थीलाई बुझाए, अझै पनि महसुस गरेका छन् वा छैनन् ?’ एमाले अध्यक्ष ओलीले भने–‘कपिलवस्तुले त्यो सबै षडयन्त्र विरुद्ध बनेको गठबन्धन विरुद्ध एकजुट भएको हो, पार्टी केन्द्रले कपिलवस्तुलाई उच्च सम्मान गरेको छ ।

अध्यक्ष ओलीले नेतृत्वको लागि माथिबाट कसैलाई केही आश भरोसा नदिइएको प्रष्ट पारे । ‘कपिलवस्तुले उल्लेख्य प्रगति गरेको छ, अवसर पनि पाएको, देशमै ८ मन्त्री हुँदा १ पाएको छ, राष्ट्रिय सभाको उपाध्यक्ष यहीबाट हुनुहुन्छ, प्रदेशमा पनि मन्त्री यहाँबाट हुनुहुन्छ,’ ओलीले भने ‘अहिलेको अधिवेशन सामान्य होइन । लुम्बिनीजस्तो ठाउँमा रहेको प्रदेशमा एमालेको एकल बहुमत नहुनु राम्रो होइन । अनेक थरी शिला खोज्नुपरेको छ सरकार बनाउन, अरुबेला सामान्य हुने पार्टी सरकार बनाउँदा तौल बढी हुन्छ, त्यसैले पार्टीलाई बलियो बनाउने गरी लाग्नुस्, तीन वटै तहमा स्पष्ट बहुमत ल्याउने मिसनमा जुट्नुहोस् ।’

अधिवेशन उद्घाटनमा एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल, पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज खिमलाल भट्टराई, नेताहरू मङ्गलप्रसाद गुप्ता, बृजेश गुप्तालगायतले सम्बोधन गरेका थिए ।

दुई दिनसम्म चल्ने अधिवेशनमा ५५९ जना प्रतिनिधि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0