प्रकाशबाबु खनाल , बागमती व्यूराे

चितवन। इच्छाकामना गाउँपालिकामा अब काेलड्रिङ्सकाे  सट्टामा दही र मोही प्रयोग हुने भएको छ ।

स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन यस्तो निर्णय गरिएकाे गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो ।

` थाेरै भएपनि  किसानहरुको आयमा बृद्धि गर्न अब सहज हुने छ – अध्यक्ष गुरुङले भन्नुभयो ।

अतिथि सत्कार तथा कार्यक्रमहरुमा गाउँपालिकाले दही र मोही प्रयोग गर्ने निर्णय गरेको हो । स्थानीय उत्पादनलाई प्रवर्धन गर्न मात्र नभई स्वास्थका दृष्टिले पनि राम्रो हुने भएकाले यस्तो निर्णय गरिएको गाउँपालिका  गुरुङले बताउनु भयो ।

`जाडो मौसममा भने चियाको प्रयोग गरिने छ´अध्यक्ष  गुरुङले  श्रीखबर अनलाइन सञ्चारसँगकाे कुराकानीका क्रममा भन्नुभयो ।

वडा कार्यलयहरुमा पनि अब कोलडिञङ्सको सट्टामा दही र मोही प्रयोग हुने पालिकाकाे प्रस्ताव छ। गाउँपालिकाको पहिलो कार्यपालिका बैठकबाट नै हामीले याे निर्णय गरेका हाैँ – अध्यक्ष गुरुङले भन्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0