दीक्षा खनाल, चितवन

२०८० असाेज २२, साेमबार

सर्वप्रथम त ईजरायली भुमिमा आफ्ना सपना र रहरलाई बन्दुक र बारुदमा मिसाएर सदा सदाका लागि बिलिन हुनुहुने दाजुहरु प्रति म र हाम्राे क्याम्पसका साथीकाे तर्फबाट भावपूर्ण श्रद्धाञ्जली ।

विदेशी भुमिमा तड्पिएका तपाईंहरुका आत्मा अब नेपाल र नेपालीका लागि सँधैसँधैका लागि शैक्षिक जगतसँग गाँसिएर “कालाे दिन” का नामले स्मरण गर्नुबाहेक अब हामीसँग केही रहेन ।

दाजुहरु ! यहाँ हाम्राे परीक्षा चलिरहेकाे छ । “मर्न लागियाे बचाऊ बचाऊ ” भन्दाभन्दै निभेका तपाईंहरुका स्वरकाे अगाडि परिक्षाका लागि कसरी तयारी गर्नु । बस् हाम्रा आँखाबाट खसेका आँसुहरु नै तपाईंहरुका लागि श्रद्धाञ्जलीका सम्मान बनेकाे छ । दाजुहरु ! हजुरहरु मुङ्लानबाटै अदृश्य हुनुभयाे , सारा घर परिवार , विश्वविद्यालय र राष्ट्रलाई नै टुहुराे बनाएर ।

बाँचेका दाजुहरुले वँकरमा पानी पानी भन्दै सँञ्जालमा उद्दार गरियाेस् भन्दै गरिरहनुभएकाे याचना सुन्दा र दुनियाँका देशहरुले आफ्नाे विद्यार्थी सहित नागरिकको उद्धार गरिरहेकाे तर हाम्राे देशकाे दुतावासले समयमै पहल कदमी गरेकाे भए शुरक्षित स्थानमा लान सकिन्याे भन्ने समाचारमा सुन्दा ” के हामी सामर्थ्य गुमाउँदै गैरहेकाे देशका नागरिक भएर जन्मनु परेकाे हाे – भन्ने साेच आउँछ ।

यदि राज्यका अँगहरुकाे कम्जाेरीका कारण हाम्रा दाजुदिदीहरुलाई थप शरिरिक र मानसिक यातना हुने परिस्थिति प्रति नेपाल सचेत भै समयमै उद्धार र राहतका लागि कदम उठाउन सकेन भन्ने प्रमाणीक खवर प्राप्त हुन पुगेमा राज्यले समेत अप्ठ्यारो खेप्न नपराेस् भनी समयमै सचेत गराउनु हामी हाम्राे दायित्व सम्झेका छाैँ ।

अन्त्यमा विदेश भुमि मै भाैतिक रुपमा अस्ताउन विवश दाजुहरु प्रति भावपूर्ण श्रद्धाञ्जली । घायल अवस्थाका दाजुदिदीहरुकाे शिघ्र स्वस्थ्य लाभकाे कामना ।

अकल्पनीय कठिन परिस्थितिमा पनि हाम्रा दाजुदिदीहरुमा आईपरेकाे महाविपत्तिमा साथ र सहयाेग पुर्याउनुहुने व्यक्ति तथा निकाय प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै यथाशिघ्र उद्धारकाे लागि जाेडदार माग गर्दछौं ।

दीक्षा खनाल

विद्यार्थी- कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर , परिवार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0