२०८१बैशाख २४, मँगलबार

प्रकाशबाबु खनाल , बागमती व्यूराे

चितवन इच्छाकामना गाउँ पालिकाले पशु सुत्केरी सुधार तथा पशु बीमा कार्यक्रम  लागु गरेको छ  ।

किसानहरुको  लगानी सुरक्षित गर्ने र पशुपालनमा आकर्षण गर्ने उदेश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष गुरुङले बताउनुभयो   ।

`नश्ल सुधारका लागि कृतिम गर्भधारणबाट सुत्केरी भएका गाई भैंसीलाई स्याहारका लागि पालिकाले  एकहजार पाँच सयका दरले भत्ता समेत उपलब्ध गराउदै आएको छ , किसानलाई राहत दिन  पशु सुत्केरी स्याहार भत्ता कार्यक्रम  सञ्चालनमा  ल्याईएकाे हाे ´-अध्यक्ष गुरुङले भन्नुभयाे ।।

याे याेजनाले  किसानहरुको  लगानी सुरक्षित गर्ने र पशुपालनमा आकर्षण गर्ने  विश्वास लिइएको पालिकाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0