२०८१ बैशाख २४, साेमबार

प्रकाशबाबु खनाल , बागमती व्यूराे

चितवन । रत्ननगरका विपन्न समुदायका नागरिकका भान्सा कोठामा प्रयोग गरिने सिलिण्डर ग्याँसको सुरक्षित प्रयोग सम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिइएको छ।

नारी जागरण केन्द्र रत्ननगरले वडा नं ३ अन्तर्गतको नमूना सुकुम्बासी बस्तीका समुदायलाई ग्यासको सुरक्षित प्रयोग,ग्यास सिलिण्डरबाट हुने आगलागी , यसबाट बच्ने उपाय र प्राथमिक उपचार सम्बन्धि सचेतनामूलक प्रशिक्षण दिएको हो ।

प्रशिक्षण कार्यक्रमलाई वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेलले उद्घाटन गरेका थिए भने रत्नप्रिय क्लवका अध्यक्ष बसन्त रानाले ग्याँसको सुरक्षित प्रयोग, आगलानी बाट बच्ने उपाय र प्राथमिक उपचारका विषयमा प्रयोगात्मक प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा वडाध्यक्ष खरेलले भान्साको सुरक्षाको लागि केन्द्रले आयोजना गरेको फलदायी कार्यक्रम उदाहरणीय रहेको विचार प्रस्तुत गर्दै हरेक गृहिणीहरुले आगलानीबाट बच्ने उपाय र ग्याँसमा लागेको आगो निभाउने सुरक्षित तरिका सिक्न आवश्यक रहेको बताए।

नारी जागरण केन्द्र रत्ननगरकी अध्यक्ष विमला सुवेदी खनालले हरेक घरको भान्छामा ग्याँसको सुरक्षित प्रयोगमा ध्यान दिनुपर्ने भन्दै गुणस्तरीय रेगुलेटर र पाइप प्रयाेगगर्दा त्यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताइन् ।

प्रशिक्षणबाट टाेल तथा वडाका सदस्यहरु सहित ४० जना गृहिणीले सीप सिकेकाे वडाध्यक्ष खरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0