२०८१ बैशाख २७, बिहीबार

काठमाडौ । पार्टी प्यालेस भित्र कक्षा १२काे परिक्षा दिइरहेका ४  पक्राउ परेकाछन् ।

बैशाख २६ गते बिहान चलेकाे कक्षा १२ काे परीक्षा दिइरहेका ४ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे । राष्ट्रिय परीक्षा बाेर्डकाे उत्तरपुस्तिका सहित उनीहरुलाई प्रहरीले समातेकाे प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका–८ बस्ने १९ वर्षीय सविन पौडेल, कागेश्वर महनरा बस्ने २० वर्षीय सितेशकुमार यादव र काठमाडौं थली बस्ने २३ वर्षीय रोशन रानाभाट छन् ।

काठमाडौं महानगरपालिका -६ स्थित वेलकम पार्टी प्यालसकाे हल भित्रबाट परीक्षा वाेर्डकाे मुल उत्तरपुस्तिका मै उत्तर हल गरिएकै अवस्थामा उनीहरु समातिएका हुन् ।

बैशाख २६ गते बिहान सञ्चालन भएकाे कम्प्युटर साइन्स विषयमा उनीहरुलाई पक्राउ गरिएकाे र उनीहरुलाई शिक्षा ऐन २०२८ अन्तर्गत कसुरमा अनुसन्धान हुने प्रहरी प्रवक्ता नवराज अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0