Open photo

रामलाल कुमाल, श्रीखबर सञ्चार ।

२०८०असाेज २२, साेमबार

कालिका, चितवन। पैसा नभएकै कारणले कालिका नगरपालिकाका काेहिपनि नागरिकले अैाषधि नै गर्न नसक्ने अवस्था हुन नदिने कालिकाका मेयर विनाेद रेग्मीले बताउनुभएको छ। पालिका भित्रका ७ सय ९४ घरधुरीका नागरिकको नि: शुल्क स्वस्थ्य विमा कार्यक्रममा मेयर रेग्मीले साे बताउनुभएकाे हाे ।

Open photo

नगरकाे गाैरवकाे आयाेजना अन्तर्गत अति विपन्न नागरिकका लागि गरिएको नि: शुल्क स्वस्थ्य विमा कार्यक्रमका लागि आयाेजित सभामा मन्तव्य राख्दै मेयर रेग्मीले भन्नुभयाे ” सम्विधान द्वारा प्रदान गरिएका नागरिकका हकलाई सँरक्षण गर्दै विपन्न नागरिकको नि: शुल्क स्वास्थ विमा नगरपालिकाले नै गरिदिएकाेले अब पैसा नभएकै कारणले नगरपालिकाका काेहिपनि नागरिकलाई अकालमा मर्न दिईने छैन ।”

नगरपालिका भित्रका ७ सय ९४ घरधुरीका ३ हजार १ सय ७७ जना लाभान्वित हुने गरि नि: शुल्क स्वस्थ विमा गरिएको  छ ।

विमाका लागि नगरपालिकाले परिवारकाे सदस्य सँख्याका आधारमा प्रतिपरिवार ३ हजार ५ सय देखि ७ हजारसम्म लगानी गर्दा नगरपालिकाले २८ लाख ४३ हजार ३०० रुपैयाँ लगानी गरेकाे मेयर रेग्मीले श्रीखबर अनलाइन सञ्चारलाई बताउनुभयो । स्वस्थ्य विमा कार्यक्रमका लागि कार्यक्रम स्वीकृत गरी कार्यन्वयनमा ल्याईएकाे स्वस्थ शाखा प्रमुख दीपक भण्डारीले बतउनुभएकाे छ ।

विपन्न नागरिक विमाबाट लाभ लिन नछुटुन् भनेर वडाले छनाैट गरिएका नामावलीमा मेयर सँयाेजक रहेकाे निर्देशन समितिले छानबिन गरि नामावली प्रकाशन गरिने छ। साे नाम उपर दावी विराेध पेश गर्न समेत नगरबासीलाई अनुराेध गरेपछि अन्तिम सेवाग्राहीकाे नाम छनाैट गरिने व्यवस्था रहेका ” भन्नुहुन्छ शाखा प्रमुख भण्डारी ।

साे स्वस्थ विमा कार्यक्रममा चेपाङ समुदायका परिवारलाई भने समेटिएको छैन । चेपाङ समुदायको विमा भने प्रदेश सरकारले नै गर्ने घाेषणा गरेकाले अहिले साे समुदायको नाम समावेश नगरिएको मेयर रेग्मीले बताउनुभयो । ” यदि प्रदेश सरकारले चेपाङ समुदायको नि:शुल्क स्वास्थ विमा गराएन भने नगरपालिकाले नै गर्ने छ” – मेयर रेग्मीले भन्नुभयो ।

कालिका ६ का वडा अध्यक्ष टीकाराम रेग्मी काे अध्यक्षमा सम्पन्न साे विमा कार्ड वितरण सभामा उपाेयर विमला तमाङ, प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा काे मन्तव्य सहितको उपस्थिति थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0