Open photo

२०८०असाेज १७, बुधबार ।

रत्ननगर, चितवन । रत्ननगर १४ स्थित गुन्जमान सिँह अस्पतालमा सञ्चालित आशा बाल विकास सेवा बहुअपाङ्गता भएका बालबालिका र अभिभावकका लागि आशा र विश्वासको थलाे बन्दै गैरहेकाे छ ।

विगत ६ महिना देखि सञ्चालनमा आएकाे साे केन्द्रले अटिजम,मस्तिष्क पक्षघात तथा शारीरिक अपाङ्गता भएका बालबालिकालाई विभिन्न विधा र विधि द्वारा ताजगी जन्य उपचार सेवा प्रदान गर्दै आईरहेकाे अस्पतालका कार्यकारी प्रमुख माेहन खड्काले श्रीखबर अनलाइन सञ्चारलाई बताउनुभयो ।

No description available.

अस्पतालका कार्यकारी प्रमुख-माेहन खड्का ।

बैशाखबाट सेवा सञ्चालनमा आएकाे साे केन्द्रले  चारजना बहुअपाङ्गता भएका बालबालिकाबाट सेवा  शुरुभएकाेमा हाल बालविकासमा रत्ननगर , कालिका,खैरहनी नगरपालिका र भरतपुर महानगरका गरि ३४ जना बालबालिकाहरुकाे उपचार तथा सेवा भैरहेकाे आशा बाल विकास सेवा प्रमुख देवी थापा मगर बताउनुहुन्छ ।

डे केयरकाे रुपमा सञ्चालित साे केन्द्रले हाल १४ जना बालबालिकालाई सेवा केन्द्र रहेकाे गुञ्जमान सिँह अस्पतालकाे हाता भित्र नै सेवा उपलब्ध छ भने २० जना बालवालिकालाई घरमै पुगेर स्वास्थ्यकर्मी तथा प्राविधिक टाेलीले सेवा उपलब्ध गराईरहेकाे अस्पतालकाे स्थापनाकाल देखि नै अस्पतालमा विभिन्न जिम्मेवारीमा कार्यरत स्वस्थकर्मी बुद्धि देवकाेटाले बताउनुभयो ।

Open photo

केन्द्र

( आशा बालबिकास कक्ष )

केन्द्रले बालबालिकाहरुलाई विहेवियर थेरापी,स्पिच थेरापी,अकुप्रेशनल थेरापी तथा फिजियाे थेरापी जस्ता विधिबाट  उपचार तथा परामर्श सेवा भैरहेकाे ABBS प्रमुख देवीथापा मगर बताउनुहुन्छ। सेवा केन्द्रमा हाल २ जना पूर्णकालिन  र २ जना स्वयँ सेवक द्वारा सेवा सञ्चालन भैरहेकाे छ ।  सेवा केन्द्र मा निःशुल्क खाजा का व्यवस्था तथा आवस्यक सामाग्री उपलब्ध भैरहेकाे केन्द्रले जनाएको छ।

‘ देनिक जसाे अभिभावकहरु आफना नानीबाबुहरुकाे उपचार तथा परामर्शका बारेमा जानकारी लिन आउनुहुन्छ । सेवा केन्द्रमा पनि रकम अभावका कारण प्रशस्तै सेवा पुर्याउन नसकेकाे र अभिभावकले पनि आर्थिक सहयाेग पुर्याउन नसकेकाले सबै अभिभावकले आफ्ना बच्चालाई सेवा केन्द्र ल्याउन चाहेर पनि कठिनाइ परिरहेकाे छ भन्नुहुन्छ अस्पताल प्रमुख खड्का ।

“समाजमा बहुअपाङ्गता भएका बालबालिकाहरुकाे ठुलै सँख्या रहेकाे कारण अभिभावकहरु चिन्तित समेत रहेकाे हामीले महशुस गरेका छाैँ । दैनिकजसाे अभिभावकहरु आफ्ना नानीबाबुहरुकाे समस्या लिएर आउनुहुन्छ । कति त आर्थिक अभाव कै कारण सँस्थामा बच्चा ल्याउन सक्नुहुन्न । सँस्थासँग पनि प्रयाप्त श्राेत साधन हुँदाे हाे त खुलेर सेवा दिन सक्ने थियाे ” भन्नुहुन्छ – बुद्धि देवकाेटा । सक्नेले आर्थिक सहयाेग समेत गरेर बच्चा ल्याउने गर्नुभएकाे छ । नसक्नेले नि: शुल्क सेवा लिईरहेकाे ABBS ईन्चार्ज देवी थापा बताउनु हुन्छ ।

मानव विकास तथा सामुदायिक सेवा (HDCS) काे सहयाेगमा  गुन्जमान अस्पताल परिसरमा सञ्चालित आशा बालबिकास रत्ननगर नगरपालिका काे वडा नम्बर १४ काे लालिगुराँश टाेलकाे सय विगाहा क्षेत्रमा सन्चालित छ । जुन पूर्व पश्चिम राजमार्गकाे शान्तिचाेक ( सहिद स्मृति बहुमुखी क्याम्पस , टाँडी बाट करिव २०० मिटर पूर्व )बाट सिधै उत्तर तर्फ करिव ३ किलोमिटर अगाडि पर्दछ। १०० विगाहाकाे भने पुरानाे इतिहास रहेकाे छ ।

Open photo

२०१५ साल तिर गुन्जमा सिँह मन्त्री भएकाताका चितवनमा आफ्नाे नाममा रहने गरि साे स्थानमा सय बिगाहाकाे एउटै प्लट नापि नक्सा गरि लिनुभएकाे र पछि वहाँका छाेरा दुर्गेशमान सिँह  लगाएतका परिवारकाे क्षेत्राधिकारमा गएकाे थियाे । साे अस्पताल दुर्गेशमान सिँहले बुबाकाे सम्मान र सम्झना रहने गरि “गुन्जमान सिँह अस्पताल ” स्थापना गर्नुभएकाे हाे । विभिन्न समयमा विभिन्न देशमा राजदुत लगाएत  अन्तर्राष्ट्रिय जिम्मेवारी समालिसक्नुभएका दुर्गेशमान परराष्ट्र मामलाका विशेष जानकार समेत हुनुहुन्छ । अस्पताल भने मिसनकाे आर्थिक सहयाेगमा सञ्चालित रहेकाे बताईएकाे छ ।

नेपालको ऐनमा समेत अपाङ्गता भएकाे व्यक्तिको हकअधिकार सम्बन्धि व्यख्या गरेकाे छ । ऐन २०७४ काे अनुसुची ( दफा ३ काे उपदफा १ सँग सम्बन्धि उल्लेख गरेकाे छ भने यसै खण्डमा अशक्तताकाे वर्गीकरण समेत गरिएको छ ।

शारीरिक अर्थात प्रणालीगत अपाङ्गता अन्तर्गत – शारीरिक अपाङ्गता, दृष्टि सम्बन्धि ,सुनाई सम्बन्धि ,स्वर,श्रवण दृष्टिविहिन,बाैद्धिक अपाङ्गता का साथै अणुवँशीय रक्तश्राव ( हेमाेफेलिया), अटिज्म( जन्मजात नशा वा तन्तुकाे विकास र साे काे कार्यक्षमता आउने समस्य जस्ता अपाङ्गता हुने  कानुन तथा साे सम्बन्धिता विज्ञहरुले आैल्याएका छन् ।

बहुअपाङ्गता भन्नाले एउटै व्यक्तिमा दुई वा साे भन्दा बढि प्रकृतिका अपाङ्गता देखापर्नु रहेकाे विज्ञहरु बताउँछन् ।

अपाङ्गता भएका बालबालिकाहरुलाई उपलब्ध श्राेत र साधनको प्रयाेगबाट सेवा दिईरहेकाे आशा सेवा केन्द्र  धन्यवादकाे पात्र भए पनि ठुलाे सँख्यामा  अपांगता भएका बालबालिकालाई प्रयाप्त सेवा दिन सेवा केन्द्रकाे भाैतिक तथा आर्थिक सुविधाकाे थप प्रवन्ध गर्न सके समाजले थप सुविधा पाउने र अपांगता भएका बालबालिका काे जिवन यापनमा सहजता ल्याउन सक्ने स्थलगत अनुसन्धान तथा अवलोकनबाट देखिएकाे छ ।

 

Open photo

( रिपोर्टिङ – कृष्ण खनाल )

समाजशास्त्रमा स्नातकोत्तर खनाल – समाज भित्रका अन्तरवस्तुकाे विषयमा रिपोर्टिङ गर्ने पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0