Open photo

२०८०असाेज १८, बिहिबार

भरतपुर, चितवन। भरतपुर बाइपास सडकमा वृक्षारोपण हुनेभएको छ । भरतपुर महानगरपालिका ,सडक डिभिजन कार्यालय भरतपुर र रास्ट्रपति चुरे सँरक्षण कार्यक्रम बीच बिरुवा राेपी शहरकाे साैन्दर्यकरण गर्न सहमती भै कार्यक्रम अघिबढ्ने भएकाे हाे ।

Open photo

महानगरपालिका प्रमुख रेणु दाहाल,सडक डिभिजनका प्रमुख रमेशकुमार पाैडेल र चुरे सँरक्षणका प्रमुख श्यामबाबु लोप्चनले सँयुक्त रुपमा हस्तान्तर गरि कामकाे समेत जिम्मेवारी बाँडफाँड गरिएको छ ।

सडक डिभिजनले बिरुवा राेप्न मलिलो माटाे उपलब्ध गराउने छ भने रँगराेगन समेत गर्ने भएकाे छ। रास्ट्रपति चुरे सँरक्षणले महानगरकाे याेजना अनुसारको बिरुवा उपलब्ध गराइ राेप्ने कार्य गर्ने छ ।

सँझाैत। अनुसार बिरुवा राेपेपछिकाे सँरक्षण र अनुगमनकाे काम भने भरतपुर महानगरले गर्ने  भएकाे छ । विशालचाेक देखि आँपटारीसम्मकाे १७ सय मिटर लामेा मिडियनमा  विक्षाराेपण कार्य भने आगामी असाेज २६ गते हुने महानगरकाे वातावरण शाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0